Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २८, २०७८ मा प्रकाशित

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ ।

तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्धारित समयमै निर्माण सम्पन्न भएको हो ।

सडक बनेपछि त्यस क्षेत्रका बासिन्दाले बिरामी पर्दासमेत घन्टौँ बोकेर लैजानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । यसअघि सिंजा गाउँपालिकाको भाडगाउँ, जोड, गोरागाउँका बिरामी दिलौरी लेक हुँदै बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।

सडक बनेपछि उपचारका लागि बिरामीलाई थारमारे दिलौरी सडक हुँदै एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउन सकिने भएको छ । प्रदेश सांसद विकास कोषको ४५ लाख र तातोपानी गाउँपालिकाको एक करोड बजेटमा १५ किलोमिटर थारमारे दिलौरी सडक निर्माण भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

अब तातोपानी गाउँपालिकाको सीमाक्षेत्र दिलौरी लेकसम्म सडक पु-याउन पाँच सय मिटर बाँकी मात्रै बाँकी छ । बाँकी खण्ड निर्माण गर्न प्रदेश सरकारसँग बजेटको अपेक्षा गरेका छौँ,’ अध्यक्ष न्यौपानेले नयाँ पत्रिकासँग भने ।

यसैबीच, प्रदेश सांसद तथा पूर्वमन्त्री नरेश भण्डारी, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने, तातोपानी गाउँपालिका– ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले सडक अनुगमन गरेका छन् । अनुगमनको क्रममा थोरै लागतमा धेरै काम भएको पाएको सांसद भण्डारीले प्रतिक्रिया दिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved