Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विमानस्थलमा ट्याक्सीले ठगे, अब बस चल्छ : मन्त्री आले

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २८, २०७८ मा प्रकाशित

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्‍चालन गर्ने बताएका छन्।

आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्। उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए।

मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए। उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए।

पर्यटनमन्त्री आलेले भने, ‘यो मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ, विगतमा हरेक मन्त्री आइसकेपछि बुझ्नलाई धेरै समय लगाउनुहुन्थ्यो, तर म आइसकेपछि तीव्रताका साथमा विगतमा १०४ दिनदेखि नेपाल एयरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने कामहरु गरेँ। पीसीआरमा व्यापक अनियमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवि मजदुरहरुको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु ।

आज हरेक व्यक्तिहरुले के भन्न थालेका छन् भन्दा प्लेन भन्दा ट्याक्सी महंगो भयो भन्ने गुनासो आएको हुनाले अब हामी छिटै आन्तरिक र बाह्य एयरपोर्टमा ४ वटा सटल बस सञ्चालन गर्दैछौँ, साथसाथै म अस्ति २६ गते दिल्ली गएको थिएँ, क्याबिनेटबाट अनुमोदन गरेर नेपाल सरकारले मलाई पठाएपछि मैले दुई दिने भ्रमणमा त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग आधा घण्टा छलफल भयो, नेपालीमा कुरा गरेँ, नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ, दिल्लीमा ६ टू ६ वान वे छ, त्यसलाई टू वे सञ्चालन गर्नुपर्‍यो भनेर आग्रह गरेँ, जुन हाम्रो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सम्माननीय प्रधानमन्त्रीज्यूबाट छिटै उद्घाटन पनि गर्दैछौँ ।

त्यसलाई पनि भोलि गएर ल्याण्डिङ र टेकअप गर्नको लागि समस्या भएको हुनाले त्यसलाई छिटो टू वे बनाउनुपर्‍यो भनेर मैले अनुरोध गरेको छु, त्यस्तै अहिले हाम्रो नेपाल एयरलाइन्सको जहाज एउटा मात्रै दिल्ली जाने गर्छ,कम्तिमा त्यसलाई दुई वटा बनाइदिनु पर्‍यो भनेको छु, नेपालको जहाजबाट भारतको जहाज नेपाल र नेपालका जहाजबाट भारत जाँदा विदेशीहरुले चढ्न नपाउने एयर बबल त्यहाँ लागू भएको छ त्यसलाई पनि छिटै हटाउनु पर्‍यो भनेर समकक्षी मन्त्रीलाई भनेको छु।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved