Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रुपन्देहीको तिलोत्तमा साढे १३ करोडमा ११ तले भ्यू टावर बन्दै, सम्पन्न हुन १० प्रतिशत काम बाँकी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २८, २०७८ मा प्रकाशित

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकामा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ । चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको र ९० प्रतिशत सम्पन्न भएको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको संयुक्त लागतमा भ्यू टावर बनाउन लागिएको हो । यसको कुल लागत १३ करोड ५८ लाख रुपैयाँ छ । ११ तले भ्यू टावर दुई कट्ठा क्षेत्रफलमा बनिरहेको छ भने अन्य पर्यटकीय पूर्वाधार दुई बिगाहा क्षेत्रफलमा बन्दै छन् । टावरको उचाईँ १३३ फिट छ भने भुई तला ३ हजार ५ सय ९५ दशमलव ८९ वर्गफिटको हुनेछ । भ्यू टावरमा लिफ्टसहितको सुविधा हुने छ भने यसभित्र सुविधायुक्त रेष्टुरेन्ट, पर्यटक विश्राम गर्न र बास बस्न मिल्ने कोठा, पुस्तकालयलगायत संरचना रहने छन् ।

भ्यू टावर निर्माणमा लाग्ने कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र बाँकी ३० प्रतिशत शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्रले खर्चिने छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भएपनि विभिन्न कारणले काममा ढिलाई हुन पुगेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । भ्यू टावरबाट बुटवल, भैरहवा, लुम्बिनीसम्म देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिन्छ । भ्यू टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान हुनेछन् ।

अनुसन्धान केन्द्रले पूर्वाधार निर्माणमा हालसम्म १० करोड लगानी गरेको छ । वनवाटिका ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ ६ वटा पार्क, बाल रेल, चिल्ड्रेन पार्कसहित २१ प्रजातिका जनावर रहेका छन् । वनवाटिकामा अहिले दैनिक एकहजार पर्यटक आउने गरेका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved