Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गाई माथि राजनीति किन?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २८, २०७८ मा प्रकाशित

दोलखा । नेपालमा लोकतान्त्रिक शासन प्रणाली छ भने तापनि बारम्बार गाई काटेको केसमा मानिसहरू थुनिएको र मानव अधिकार हनन गरिएकोले गर्दा यो सानो लेख तपाईँहरूको बीचमा लेख्न मन लाग्यो। अहिले पनि सिन्धुपाल्चोकमा ५ जना थामीहरूलाई गाई काटेको केसमा हिरासतमा राखिएको छ। किन ? गाई के हो ? गाई क-कसले खान्थे/खान्छन? केही तथ्य हेरौँ

तलका लेखबाट:

नेपाल एक बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिले भरिपुर्ण विविधतायुक्त मूलुक हो । यो नेपालको संविधानले स्वीकार गरेको र पहिचान गरेको मुद्धा हो । यसमा कुनै दुई मत छैन । यहाँ विभिन्न जाति समुदाय, भाषिक समुदाय, धार्मिक समुदाय, पेशागत समुदाय आदिका मानिसहरू बसोबास गर्छन । ती मध्ये राई, लिम्बू, थामी, शेर्पा, तामाङ, गुरुङ, मगर, भोटे चेपाङ लगायतका यहाँका मूलवासीले गाईको मासु आफ्नो भोजनको रुपमा प्रयोग गरेको पाइन्छ । यिनीहरू नै यहाँका यस देशका रैथाने समुदाय हुन । जसको इतिहास अनादि कालदेखि नेपालसँग जोडिएको पाइन्छ । साथै उनीहरूमा विभिन्न कुराहरूमा समानता र पृथकता पाइनु पनि हाम्रो देशको गहना हो । उनीहरूका आ-आफ्नै भाषा, सस्कार-सस्कृति, रहनसहन, चालचलन, खानपान रहिआएको छ । यहाँका अधिकांश मूलवासी समुदायको आफ्नो सस्कार सस्कृतिमा गाईको मासु नभै नहुने, जसरी नि चाहिने एक कडिको रुपमा रहिआएको छ ।

यदि गाईको मासु भएन भनेपनि त्यसलाई थपना गरेर चलाउनु पर्ने स्थिति र बाध्यता रहिआएको छ । त्यसैगरी धर्मको हिहाबले हेर्दा नेपालमै पनि बुद्दिष्ट, इस्लाम, इसाई, किराँत लगायतले गौमांस खाने गरेको पाइन्छ। हिन्दु धर्म भनेर राज्यले पहिचान गरेको कतिपय समुदायले पनि गाईको मासु खाने गरेको पाइन्छ। गाईको मासु खानु कुनै ज्यान अपराध गर्नु भने होइन। जसरी खसी, बोका, राँगा, भैँसीको, कुखुराको मूल्य छ बास गाई-गोरुको मासुको पनि मूल्य त्यति नै मूल्य मान्यता छ। तर नेपालमा गाईलाई संविधानमा नै संरक्षण गरी यहाँका तमाम समुदायमाथि अदेखा राजनीति गर्ने माध्याम बनाइएको छ। यहाँका मूलवासीहरूका हक-हीत विपरितको कार्य भएको छ। मानवअधिकारको हनन भएको छ।

संविधानको स्रोत के त?

हामीलाई थाहा हुनु पर्दछ कि संविधानको स्रोत के हो भनेर? निश्चय नै संविधानको स्रोत कुनै मङ्गल ग्रह, बुध ग्रहबाट ल्याएर राख्ने विषय वस्तु भने पक्कै पनि होइन । संविधानको स्रोत भनेको त यहीको धर्म, धार्मिक मूल्य मान्यता, सस्कार-सस्कृति, सास्कृतिक मूल्य मान्यता, भाषा, भूगोल, जाति, पहिलाको संविधान, अन्तरिम संविधान, अदालतले जारी गरेको महत्वपूर्ण नजीर, अन्तराष्ट्रिय सन्धि-सम्झौता, कुनै ख्याति प्राप्त कानून व्यावसायिकले लेखेको किताब, राष्ट्रिय स्तरको प्रतिवेदनहरू आदि नै संविधानका स्रोतहरू हुन। तर विडम्बना के छ भने नेपालमा यहाँ ८०% जनताको भावनामा, धार्मिक आस्थामाथि, सास्कृतिक मूल्य-मान्यतामाथि केही हिन्दु-ब्रह्माणवाद लादी संविधान लेख्ने गरेको पाइन्छ। सास्कर-सस्कृति, धर्म, रहनसहन, चालचलन, खानपान आदिलाई संविधानको स्रोत माने तापनि नेपालमा भने एक धर्म एक सस्कारलाई आधार मानेर संविधान तय गर्ने गरेको पाइन्छ।

महेन्द्रको संविधान (२००४) साल देखि अहिलेको नेपालको संविधान (२०७२) सम्म सात वटा संविधान फेरी सकियो यो देशमा तर यहाँका मूलवासीहरूको लागि र अन्य धार्मिक समुदायको लागि लेखिने नीति मियममा कहिले पनि परिवर्तन भएन। मात्र परिवर्तन भयो त काजगको खोस्टो, लिखित मिति र लेख्ने व्यक्ति फरक यति भयो हिजो एउटा बाहुनले लेख्यो आज अर्को बाहुनले लेख्यो, पात्र फरक विषय वस्तु उही। तसर्थ संविधानमा साँस्कृतिक, धार्मिक मूल्य मान्यताको विषय उठान गरियो तर मूलुकि ऐनमा लगेर त्यसलाई पनि एकात्मक बनाइयो। संविधानको स्रोतको रुपमा यहाँ भएको धर्म, जाति, सस्कार सस्कृति, भूगोललाई राजनीतिको एजेन्डा बनाइयो। भाइ-भाइ जुधायो, फुटायो, काटमार गरायो तर त्यो एजेन्डा संविधानमा कहिल्यै लागू गरिएन, कहिल्यै समावेश गरिएन। बरु एकात्मक ढङ्गले पेल्ने कार्यबाहेक अरु केही गरिएन। किन? के धर्म, सस्कार सस्कृति, भूगोल, जातिलाई नै संविधानको स्रोत मानिन्छ भने फेरि किन विभेद गैह्र हिन्दु समुदायमाथि? के यो देश हिन्दु धर्म मान्ने समुदायको मात्र हो? के यो देश क्षेत्री-ब्राह्मणको मात्र पेवा हो? के संविधानको स्रोत हिन्दु धर्म मात्र हो? यदि हिन्दु धर्म मान्ने समुदाय र क्षेत्री-ब्राह्मण समुदायको मात्र हो भने संविधानमा उनीहरूको मात्रै मुद्धालाई संवोधन गरे भै गो नि। नत्र भने फेरि के को नौटङ्की? के राई-लिम्बुले खाने सुँगुर बाहुनलाई खानै पर्छ, तैँले नखाई हुँदैन भनिएको छ कहिल्यै? हामीले कहिल्यै दवाव दिएका छौँ उनीहरूलाई? सायद भनिएको छैन होला। बरु अहिले बाहुनहरू पो सुङ्गुर-बङ्गुर पाल्नदेखि छोइला-कोचेला चपाउनसम्म पछि परेका छैनन्। उनीहरूले गर्दा सुङ्गुर-बङ्गुरको भाउ बढेर गइसक्यो।

अनि उनीहरूले चाहिँ नखाने चिज, उनीहरुको शास्त्रले बन्देज गरेको चिज खाँदा कानून नलाग्ने हामीले चाहिँ खाने चिज खाँदा कानून लाग्ने? उनीहरूले गाईको पिसावलाई खाँदा पनि वैज्ञानिक हुने, अमृत हुने, अनि अरुले चाहिँ गाईको मासु खाँदा पनि अवैज्ञानिक हुने? पाप हुने? कानूनिरुपमा अपराध नै हुने? यो कहाँको र कस्तो व्यवस्था हो? यदि त्यसो होइन भने बाहुनले नखाने चीजचाहिँ कसैले खानै हुँदैन भन्ने के ग्यारेन्टी छ? बाहुनले जे खायो त्यही मात्र सबैले खानु पर्ने? मान्नु पर्ने? बाहुनले खाने चिज अरुले खाँदा हुने, बाहुनले नखाने चीज अरुले खान नहुने भन्ने पनि लोकतन्त्र हो र? यदि त्यसो हैन भने यो देशको व्यवस्थापन फेरिनु आवश्यक छ। साथै संविधानको स्रोत भनेको गाईको रक्षा गर्नु मात्र नभएर गाई खानेले गाई खान पाउनु पनि संविधानको स्रोत हो। गाई खानेले खान पाउनु पर्छ, यसमा कुनै रोकटोक हुनुहुँदैन। यसलाई संविधानको स्रोत मान्नु पर्छ। होला गाई कसैको आमा होला तर कसैको त त्यो भोजन पनि त हो नि, हैन र? साथै मासु खाने भन्ने कुरा कन्भेन्शनल कुरा हो। यदि गाईको मासु खाँदा केही हुने भए, त्यो खानै नहुने ध्रुवसत्य कुरा भए, नेपालका उपध्याय पण्डितहरू अमेरिकामा गएर गाईको पाँसुला चुसेको फोटो सामाजिक सञ्चालमा किन भाइलर हुन्थ्यो। आखिरि खाँदा त हुने रैछ त। त्यो बाहुनले अमेरिकामा गाईको मासु खाँदैमा त्यसको सिङ-जुरो त पलाउँदैन रै छ त? तसर्थ यो कन्भेन्शनल कुरामा एकले अर्का अधिकार हनन गर्न पट्टि नलागौँ। एकले अर्काको अस्तित्व स्वीकारौँ र समान गरौँ।

गाई कसले खान्थे/खान्छन?

निश्चय नै हामीलाई लाग्न सक्छ, गाई त खानै नहुने, मार्यो कि पाप लाग्ने, छोयो कि दण्ड सजाय भोग्नु पर्ने, पवित्र जनावरको रुपमा मान्नु पर्ने, पुज्नु पर्ने, गौमुत्र खानु पर्ने जनावर रहेछ। हामीले यसो गर्नै पर्छ भन्ने लाग्न सक्छ। यो हजारौँ वर्षको साइकोलोजिकल इफेक्ट मात्र हो। तर कुरो त्यसो होइन। संसारमा भएका अन्य प्राणिको मूल्य-मान्यता जति छ, गाईको पनि त्यति नै हो, त्यो भन्दा फरक केही छैन। गाई-गोरु पनि अन्य जनावर जस्तै एक जनावर नै हो। परमेश्वरले जीव जन्तुलाई मानवद्वारा अधिकार, उपभोग, संरक्षण र नियन्त्रण गर्नको लागि सृष्टि गर्नुभएको थियो (उत्पत्ति १:२६) नकि पूज्नको लागि, आमा-बाऊ बनाउनको लागि। गाईलाई कसरी पुज्न थाले, किन पुज्न थाले भनेर जान्नको लागि आर्य इतिहाँस जान्न नितान्त आवश्यक छ, त्यो पनि भारत वर्षमा मात्र किन पुजे, अन्य आर्यले त संसारकै सर्वोत्तम मासु गाईको मासु हो भनेर खाइरहेका छन त। आर्यहरू (नेपालका क्षेत्री ब्राह्मण लगायत) यानिकि यापेतका सन्तानहरू (यापेत नोआका कान्छा छोरा हुन) बाबेलको धरहराबाट ककसियासम्म र ककसियाबाट युराल पर्वत हुँदै युरोप लागेका समुह र एसियाको भारत वर्षमा छिरेका समुहको बारेमा जान्न जरुरी छ। जसले उनीहरूको यो इतिहाँस जानेको हुन्छ वास्तविक आर्यहरू (नेपालका क्षेत्री ब्राह्मणहरू) को थिए, उनीहरूले के खान्थे, के गर्थे, उनीहरूको बीचमा वेश्य-बृद्धि कसरी मौलाएको थियो, मातृसतात्मक शासन प्रणाली कसरी पितृसतात्मक शासन प्रणालीमा रुपान्तरण भयो, सिन्दुरको सुरुवात कसरी भयो, वर्ण व्यवस्था कसरी सुरु भयो, पूर्वजन्म र पुनर्जन्मको ढोँग कसरी पिटियो, छुवाछुतको सुरु कसरी भयो, गाईलाई कसरी आमा माने, पछिलो सममया गाईलाई ब्रह्माणको प्रतिक, घोडालाई क्षेत्रीको प्रतिक, कुकुरलाई वैश्य र शुद्रको प्रतिक कसरी माने, आफ्नो प्रभुत्व कायम राख्न के-के सम्म गरे, कसरी वेद लेखियो, किन लेखियो, वेदको अलवा चाणक्य नीतिहरू किन लेखियो आदि इत्यादि सबै कुरा स्पष्ट हुन्छ। अनि भारत वर्षमा आएर कसरी वर्ण व्यवस्थामा आधारित जातीय संरचना निर्माण गरे र कसरी आज तपाई हाम्रो बीचमा वर्ण व्यवस्था लादे यी सबै कुरा छरलङ्ग हुन्छ।

वास्तवमा गाई हामीले सोचे जस्तो र अहिले क्षेत्री ब्राह्मणले हामीमाथि गाईको म्याध्यमबाट आफ्नो वर्चस्व लादे जस्तो केही पनि हैन। गाई एक साधारण जनावर हो। यो जनावरमाथि यति धेरै राजनीति गरिराख्नु पर्छ जस्तो लाग्दैन। गाई संसारभरका सबै मानिसहरूले खाने गरेको एक जनावर हो। हामीलाई लाग्न सक्छ गाई त साँच्चै पवित्र जनावर रहेछ, ब्राह्मणहरूका आमा रहेछ भनेर तर कुरो त्यसो हैन। खाटि कुरो के हो भने हिजो गाईलाई क्षेत्री ब्राह्मणले आमा मान्नु भन्दा पहिला उनीहरूले गाईको मासु अत्याधिक मात्रामा सेवन गर्थे। यतिसम्म गाईको मासु सेवन गर्थे कि गाई नै उनीहरूको वरिपरिबाट विलुप्त हुने खतरा बढेर गयो। गाई मात्र नभएर उनीहरूले अत्याधिक मात्रामा मासुको रुपमा सेवन गर्ने मासु भनेको अर्को घोडाको थियो। यहाँसम्म कि चण्डिमा उल्लेख गरे अनुसार उनीहरूले मान्छेको मासु समेत बाँकि राखेका छैनन। चण्डि (७:६-९, ८:५३-५६, ८:६३) मा “देवीहरूद्वारा रगत र नरमांस भक्षण’ अर्थात ‘देवीहरू यानिकि नारीहरूले मान्छेको रगत र मासु खान्थे’ भनेर उल्लेख गरिएको छ। यसरी गाई र घोडाको मासुलाई अत्याधिक मात्रामा सेवन गरेको कारणले गर्दा र युद्धमा जाँदा र स्थानतरण हुँदा घोडा नै चाहिने भएकोले गर्दा उनीहरूका गणपतिद्वारा घोडा खाना बन्देज गरिएको हो।

अर्को कुरा त्यो समयमा लत्ता कपडा, घर-वासको राम्रो व्यवस्था नभएकोले धेरै सुत्केरी आमाहरूलाई चिसो लाग्ने, शिशुहरू चिसोले मर्ने, सुत्केरी आमाहरू चिसोले मर्ने क्रम जारी थियो। त्यसै क्रममा एक आयुर्वेदका ज्ञाता धन्वन्तरीले गाईको दही मथेर नौनी घ्यू उत्पादन गरेको र खाँदा अन्य खाने कुराको भन्दा अति स्वादिष्ट स्वाद आएको र पोषणयुक्त भएकोले गर्दा त्यसै समयदेखि गाई भनेको त यस्तो अमृत दिने जनावर पो रहेछ। यसले त हाम्रो सुत्केरी आमा र शिशूहरूको समेत प्राण रक्षा गर्दो रहेछ। त्यसैले यो जनावर त हाम्रो आमा भन्दा नि महान रहेछिन। अबदेखि यसलाई खाने हैन, बरु यिनी नै हाम्री आमा भइन् भनेर गाईलाई आमाभन्दा नि स्रेष्ठ घोषणा गरेदेखि क्षेत्री ब्राह्मणहरूले गाई खाना छाडेका हुन।

जुन कुरा ऋग्वेदमा यसरी उल्लेख गरिएको छ, “माता रुद्राणां अमृतस्य नाभि:, मागामनागामदितिं बधिष्ट।’ अर्थात ‘गाई अमृतकि नाभि हाम्री आमा भइन यिनी, यिनको सँधै पूजा गर्न, अब गाई नमार्नू।’ यसरी गाईको बध गर्न छोडिएको हो र धन्वन्तरीलाई अहिले आयुर्वेदको पिता भनेर चिनिन्छ। क्षेत्री ब्राह्मणहरूले गाई खान्थे भन्ने कुरा हामीले उनीहरूकै शास्त्रहरूमा छ्यापछ्यापति पाउँछौँ। उनीहरूले जहिले पनि युद्धमा जाँदा र युद्ध जितेपछि अग्निदेवतालाई चढाउने बलिहरू भनेको अस्वमेध, गौमेध र नरमेध हुने गर्दथ्यो। तीमध्ये एक हो गौमेध यानिकि गाईलाई जलाएर दिइने बलि र बलि दिइसकेपछि गौमांस भक्षण गर्ने चलन। अर्को प्रमाण पण्डित माधव प्रसाद उपध्यायले वेदान्तलाई नियाल्दा ख्रीष्ट येशूको दर्शन भन्ने पुस्तकमा ब्राह्मणहरूले यसरी गाईको मासु सेवन गर्थे भनेर उल्लेख गर्नु भएको छ, “सिन्धु नदिको मुहान, जम्बुद्विपको क्षेत्र खदशपुर निवासी राजा रन्तिदेव (ब्रह्माण सँस्कृतिका छोरा) थिए। राजा रन्तिदेवको कथा महाभारत शान्तिपर्व र वनपर्वमा उल्लेख छ। हामी यसबारे पनि जानि राखौँ।

“राज्ञो महान् से पूर्व रन्तीदेवस्य वै व्दिज।
अहन्यहनि व्रध्यते व्दे सहरत्रे गवां तथा।“
“समांसं ददतो ह्यन्नम् रन्तीदेवस्य नित्यश:।
अतुला किर्तिरभन्नृवपस्य व्दिजसतम!” (वन पर्व, २०८:८-१०)
“महानदी चर्मराशेरुक्लेदात् संसृजे यत:।
ततश्चर्मण्वतीत्यवं विख्याता सा महानदी।” (शान्ति पर्व २९-१२३)
भावर्थ: ब्राह्मण सँस्कृतिका छोरा, तर स्वत: राजा रन्तीदेव आफ्ना अतिथि सेवाको निम्ति प्रसिद्ध थिए। उनी सत्य युगका सोह्रो महान राजाहरूमा गनिएका थिए।

रन्तीदेवको भोजनालयमा प्रतिदिन दुई हजार गाई वध गरिन्थ्यो। गाईको आलो चर्म (छाला) भान्सा घरमा राखिन्थ्यो, त्यही आलो, चिलो छालादेखि चुहिएको पानी बग्दै बग्दै एक सानो खोलाको रुप लिन पुग्छ। र अन्तमा त्यस नदीको नाउ चर्मवती (छालाबाट उत्पन्न भएको नदी) हुनजान्छ। त्यही नदीको शिरलाई नै चम्बल घाँटी (चम्बेदा) पनि भनिन्छ। प्राचिन महाभारतमा अथवा पाचौँ वेदमा यसरी गोमांस भक्षणको उल्लेख पाइन्छ।
“सांस्कृति रन्तीदेवं च मृतं सञ्जय! शुश्रुम।
आसन व्दिशत्साहास्रा तस्य सूदा महात्मन:।
गृहानभ्यागतान् विप्रान् अतिथिन् परिवेषका:। (द्रोणपर्व ६७:१-२)
“तन्त्र स्म सूदा: क्रोशान्ति सुमृस्टमणि कुण्डला:।
सुपं भूयिष्टमश्नीध्वं नाद्य भोज्यं यथा पुरा।।” (शान्ति पर्व २७-२८)
भावार्थ: रन्तीदेवको भान्सामा भोजन बनाउने भान्सेहरू प्राय: दुई हजार जना थिए। ब्राह्मण अतिथिहरूको धुइरो यतिसारो लाग्थ्यो कि भान्सेहरूलाई मासु पुर्याउन कठिन परेर “दया गरी आज सुप मात्र ग्रहण गर्नुहोस्” भनी अनुरोध गर्नु पर्थ्यो” (वेदान्तलाई नियाल्दा ख्रीष्ट येशूको दर्शन, पृष्ठ: १६-१८)।
यहीँबाट थाहा हुन्छ कि रन्तिदेवको भान्सामा कतिवटा गाई काटिन्थे, पाहुनाहरू को आउँथे अनि उनीहरूले त्यो गाईको मासु कत्तिसम्म खान्थे, मासु नपुग्दा केसम्म गर्थे भनेर।

अर्को प्रमाण: राहुल साङ्कृत्यायन (केदारनाथ पाण्डे) ले आफ्नो पुस्तक ‘वोल्गा से गङ्गा’ मा र मोदनाथ प्रसिदले आफ्नो पुस्तक ‘देवासुर सङ्ग्राम’ मा आर्य यानिकि हालका नेपाल र भारतका क्षेत्री ब्राह्मणसहित सन्सारभरका आर्यहरूको सर्वोकृष्ट भोजन भनेको नै गाई र गोरुको मासु थियो भनेर आफ्ना पुस्तकहरूमा उल्लेख गरेका छन। क्षेत्री ब्राह्मणहरूको हिजोको सर्वोकृष्ट मासु भनेको नै गाईको मासु थियो भनेर दावी गरेका छन। राहुल साँकृत्यायन भारतका एक विद्वान हुन भने मोदनाथ प्रसिद नेपालका एक विद्वान हुन। यी दुई विद्वानहरूले लेखेका विषय वस्तु एकआपसमा मेल खानु संयोग हैन यथार्थ हो। तसर्थ यसबाट के बुझिन्छ भने अहिलेको क्षेत्री ब्राह्मणहरूले पनि हिजो अस्तिसम्म गाई-गोरू खान्थे। यानिकि आयुर्वेदका पिता धन्वन्तरीको पालासम्म गाई-गोरु खान्थे। अब अहिलेचाहिँ किन खाँदैनन त भन्दाखेरि त्यही गाईको बूई चढेर हामी तमाम मूलवासीहरूमाथि, विभिन्न धर्म मान्ने जस्तै बुद्धिस्ट, इस्लाम, इसाई, किरातमाथि आफ्नो प्रभुत्व जमाउनको लागि नखाएका र खान नदिएका हुन। भोलि संविधानले गाई खान पाउँछ मात्र भनोस न काठमाण्डौँमा पहिलो गाई-वधशाला ब्राह्मणहरूको हुन्छ। यो ग्यारेन्टी हो।(क्षेत्री ब्राह्मण समुदायमा एउटा यस्तो प्रकारको उच्च स्तरको मनो प्रवृद्धि छ जुन कुराको मेसो जो कोहीले पाउनै सक्दैन। त्यसको विषयमा पनि लेखौँला केही।) तसर्थ लोकतन्त्रलाई नेपालमा स्थापित गर्ने हो भने गाई पुज्नेले पुज्न पाउनु पर्छ खानेले खान पाउनुपर्छ।

कसैले सुँगुर-बङ्गुर खान्छ भने उसले त्यो खान पाउनु पर्छ, नखानेलाई जवर्जस्ति खा भनेर लाद्नु हुँदैन। अहिले त फलानाले गाई काट्यो भनेर पुलिसमा रिपोर्ट गर्ने पनि बाहुन, समातेर सजाय दिने पनि बाहुन अनि यो केटाहरूचाहिँ मेरो चुनाव क्षेत्रका हुन है भन्दै छुटाउने पनि बाहुन। आहा! कति मजाको लोकतन्त्र!!! बाहुनले छुटाउँदा पनि छुट्ने रै’छ, सुराकि दिँदा पनि लाग्ने रै’छ। सुराकि दिँदा गाई मारेको केस लाग्ने, छुटाउँदा गाइ यानिकि बाहुनको आमा मारेको केस नलाग्ने। बढो गज्जबको लोकतन्त्र मेरो देशमा। त्यसैले नेपालको मुलुकी ऐन (२०७१) मा राखिएको चौपाय सम्बन्धिको महल-७ शख्त खारेज हुनुपर्छ। नेपालको राष्ट्रिय जनावर गाई हैन, कस्तुरी या त एक सिङ्गे गैडा हुनु पर्छ। राष्ट्रिय जनावर भनेको त राष्ट्रिय महत्वको पो हुनुपर्छ। कसै आमा-बाउलाई राष्ट्रिय जनावर बनाउने विषय राष्ट्रिय महत्वको विषय हैन होला सायदै। राष्ट्रिय जनावरको नामबाट राजनीति है शान, गौरव महशुस हुनुपर्छ। साथै अहिले सिन्धुपाल्चोकमा गाई काटेको केसमा थुनिएका ५ जना थामीहरू तत्काल विना सर्त रिहा हुनुपर्छ। लोकतन्त्रको मूल्यमान्यता कागजमा मात्र हैन व्यवहारमा पनि कार्यन्वयन गरिनुपर्छ।

लेखक : रमेश थामी ‘छड्केसलाम’ (भाषा विज्ञानको विद्यार्थी)

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved