Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

वेमौसमी वर्षाले धान बालीमा पाल्पामा तीन करोडभन्दा बढी क्षति

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २९, २०७८ मा प्रकाशित

टोप कामु मगर
पाल्पा । कात्तिकमा परेको वेमौसमी वर्षाको कारण पाल्पाका कृषकहरुको धान खेतीमा ठूलो क्षति भएको छ। तीन दिनसम्म परेको अविरल वर्षाले कृषकहरुको ३ करोड ४० लाख रुपैयाँ बराबरको धान नोक्सान भएको हो। पाल्पाका १० वटै पालिकामा १ हजार २ सय ७६ जना कृषकहरुको धान खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताईन्।

कृषि ज्ञान केन्द्र पाल्पाले स्थानीय तहका कृषि शाखाको सहयोगमा गरेमो स्थलगत अध्यन अनुसन्धानबाट ६ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा लगाएको धनवाली क्षति भएको तथ्याङ्क निकालेको हो। कृषि ज्ञान केन्द्रले संकलन गरेको हानी नोक्सानीको विवरणलाई पुन जिल्ला विपद व्यवस्थापन समिती पाल्पाले पुन अनुगमन गरी प्रमाणित गरेर गृह मन्त्रालयमा पठाएको छ।

कृषि ज्ञान केन्द्र पाल्पाले लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयमा क्षतीको विवरण पेश गरेको छ। पाल्पामा कृषकहरुको १३ हजार ९ सय २१ क्विन्टल धान नोक्सानी भएको छ। पाल्पाका पालिकाहरुमध्ये सबैभन्दा बढी तिनाउँ गाउँपालिकामा वेमौसमी बर्षाले धान खेतीमा नोक्सान पुर्रयाएको छ। तिनाउँ गाउँपालिकामा ४१५ जना किसानको २ हजार ४७७ रोपनी क्षेत्रफलको धान क्षति भएको छ। पुर्वखोला गाउँपालिकामा २३३ जना कृषकको १ हजार १ सय ९१ रोपनीको २ हजार २ सय ९७ क्विन्टल धानको १ करोड १८ लाख ९२ हजार रुपैयाको धान क्षति भएको छ।

रैनादेवी छहरा गाउँपालिकामा १९४ जना कृषकको १ हजार २ सय १८ रोपनीमा २ हजार ३ सय ८३ क्विन्टल धानको ४० लाख ४६ हजार रुपैयाँको धान क्षति भएको छ। यसैगरी, पुर्वखोला गाउँपालिकामा २३३ जना कृषकको १ हजार १ सय ९२ रोपनीमा २ हजार २ सय ९८ क्विन्टल धानको ६३ लाख १७ हजार २१८ रुपैयाँको धान क्षति भएको छ।

माथाँगढी गाउँपालिकामा १२४ जना कृषकको ८१० रोपनीमा १ हजार ६८० क्विन्टल धानको ४२ लाख ४६ हजार ८५८ रुपैयाँको धान क्षति भएको हो। निस्दी गाउँपालिकामा ८७ जना कृषकको ३५२ रोपनी क्षेत्रफलमा ८ सय ३२ क्विन्टल धान २३ लाख ७१ हजार ७ सय ७० रुपैयाँको क्षति भएको छ। रिव्दिकोट गाउँपालिकामा ६९ जना कृषकको १८१ रोपनीमा ३२७ क्विन्टल धानको १० लाख २८ हजार ५७५ रुपैयाँ बरावरको क्षति भएको छ।

तानसेन नगरपालिकामा ४३ जना कृषकको १८९ रोपनीमा ३५३ क्विन्टल धानको ९ लाख ७२ हजार २३५ रुपैयाँ नोक्सानी भएको छ। रम्भा गाउँपालिकामा ४६ जना कृषकको १११ रोपनीमा ६८ क्विन्टल धानको ३ लाख ४० हजार ४ सय रुपैयाँ नोक्सानी भएको छ। जिल्लामा सबैभन्दा रामपुर नगरपालिकामा वेमौसमी वर्षाले नोक्सानी गरेको छ।

रामपुर नगरपालिकामा १६ जना कृषकको २६ रोपनी खेतमा ५० क्विन्टल धानको १ लाख ५१ हजार ५ सय रुपैयाँ नोक्सानी भएको छ। पाल्पाका १० वटै स्थानीय तहमा संकलन गरेको क्षतिको विवरणमा स्थानीय बजारको दररेट अनुसारको मूल्य निर्धारण गरी क्षतीपुर्तिको लागी मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख अधिकारीले बताईन्।

समयमै वर्षात भएको र प्रयाप्त मात्रामा पानी परेकोले सबै खेतमा धान बाली लगाएको धान उत्पादन वृद्धि हुने आशा गरिएपनि वेमौसमी वर्षातले धान उत्पादन घट्ने देखिएको छ। पाल्पामा ८ हजार ८४० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved