Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तीन महिनामा टेलिकमको खुद नाफा २ अर्ब २५ करोड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३०, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाएको छ । टेलिकमका अनुसार (२०७८ असोज मसान्त) मा दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधि (२०७७ असोज मसान्त)को तुलनामा ४८.९ प्रतिशतले बढी हो ।

गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ मुनाफा गरेको थियो ।गत वर्षको प्रथम त्रैमासिक अवधिमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजार रुपैयाँ (अर्थात, १३.२ प्रतिशत) ले वृद्धि भई ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गत आवको प्रथम त्रैमासिकको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल आय ८४ करोड ७८ लाख ७१ हजार (अर्थात, ८.३९ प्रतिशत) रुपैयाँले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस्तै गत आवको प्रथम त्रैमासिक अवधिमा ईबीआईटीडीए ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ८४ करोड ४९ लाख ५७ हजार (अर्थात, २१.२८ प्रतिशत) रुपैयाँले वृद्धि भई ईबीआईटीडीए ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन जाँदा कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ । ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षाहरु, सोसल नेटवर्किङ, इन्टरनेट बेस इन्टरटेन्मेन्ट आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा गत वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved