Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रौतहटको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुद्वारा तोडफोड तथा आगजनी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३०, २०७८ मा प्रकाशित

सिताराम साह
रौतहट, कार्तिक ३० । रौतहटमा सामुदायिक विद्यालयले अभिभावकहरुलाई ठग्दै अवैध रुपमा शुल्क उठाएको विरोधमा आज विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन् ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहानामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको गौरमा रहेको देशकै जेठो मध्येको एक जुद्ध उच्च माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गरेको छ । अग्रेंजी माध्यमको शिक्षाको नाममा २०६७।६८ सालदेखि नै विद्यालयले शुल्क उठाउन शुरु गरेको थियो ।

तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डलले शिक्षा नियमावलीलाई लत्याउदै पैसा कमाउने प्रथाको शुरुवात गरेकोले उनलाई कारवाहीको पहिलो सूचीमा राखिनु पर्ने विद्यार्थी नेता रवि मिश्रले बताए । शिक्षा नियमावलीको घोर उल्लघंन गरेर रौतहटको अभिभावकसँग जबरजस्ती शुल्क उठाउने प्रथाको शुरुवात गर्ने तत्कालीन प्रधानाध्यापक मण्डलदेखि वर्तमान प्रधानाध्यापक चन्देश्वर राउतसम्मको विरुद्ध कारवाही हुनुपर्ने विद्यार्थीहरुको माँग रहेको छ ।

“हामीले पटक पटक प्रधानाध्यापकलाई शुल्क नउठाउन तथा पाठ्यपुस्तक निशुल्क वितरण गर्न माँग गर्दा समेत विद्यालय प्रशासनले अटेर गर्यो ।” अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने “गौर नगरपालिकाले सूचना नै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले मानेको छैन, शुल्क तिर्न नसक्ने गरीबका बालबालिकाले अझै पुस्तक पाएका छैनन ।” सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको उनको तर्क छ ।

दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अंग्रेजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थीहरुले बताएका छन । आक्रोशित विद्यार्थीहरुले विद्यालयमा रहेका खानेपानीका ट्याङ्कहरु तोडफोड र आगजनि गरेका छन् ।

विद्यार्थीहरुले उग्र प्रर्दशन गर्न थालेपछि विद्यालयका प्रधानाध्यापक लगायतका पदाधिकारीहरु विद्यालय छोडेर निस्कीएका थिए । यस भन्दा पहिले पनि विद्यार्थीहरुले प्रदर्शन गर्दा विद्यालयका कर्मचारीहरु घाइते भएका थिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved