Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रदेशको पहिचानका लागि गण्डकी प्रदेशमा विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १, २०७८ मा प्रकाशित

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् ।

गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

विश्वविद्यालय प्राविधिक, वास्तविक र व्यवहारिकरूपमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री नेपालीले सरकारको अवधारणाअनुसारको विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरे ।

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्माले विश्वविद्यालयमा विपन्न, दलित र पिछडिएका वर्गलाई पठनपाठनमा आरक्षण प्रदान गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले स्थापनाको छोटो अवधिमा विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’, ‘ब्याचलरर्स इन इनफरमेसन टेक्नोलोजी’ र ‘ब्याचलर्स अफ फार्मेसी’मा अध्यापन सुरु गरेको जानकारी दिए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समेत सम्बन्ध विस्तार गरेको बताए ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको सम्भावना, आवश्यकता र सरकारले लिएको विकासको लक्ष्य प्राप्त गर्न विश्वविद्यालय सहायक हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले प्राविधिक र रोजगारमूलक शिक्षालाई जोड दिइएको बताए ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा कैलाश तिमिल्सिनाले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक ‘हव’का रूपमा विकास गर्ने गरी विश्वविद्यालय अघि बढेको उल्लेख गरे । विश्वविद्यालयले गत अप्रिल २ र ३ तारिखमा पोखरामा आयोजना गरेको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालसहित आठ देशका सहभागी वैज्ञानिकले उठाएका विषयलाई सङ्गालोका रूपमा प्रकाशित गरेको हो । रासस

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved