Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गाउँगाउँमा सामा चकेवाको मनमोहक गीत गुजिँदै, दिदिबहिनीद्वारा दाजुभाईको जीवनरक्षाको कामना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २, २०७८ मा प्रकाशित

विसुन देव सरदार
लहान, मंसिर ०२ । तराई मधेशका गाउँगाउँमा साँझ परेसि सामा चकेवाका मनमोहक गीतसंगीहरु गुंजिरहेको देखिएको अवस्था छ । दिदिबहिनीहरुले दाजुभाइको जीवन रक्षाको कामना गर्दै सामा चकेवा मनाउने गर्दछन ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने सामा चकेवा पर्व लोकनाट्यको रुप हो, सामा चकेवा । “माटीक सामा गरहली, बहिनो खेल चल् ली, हो भैया जिय हो जुगजुग जिय हो” भनी गीत गाउँदै मध्यतराईका विभिन्न जिल्लामा सामा चकेवा पर्व मनाई रहेको देखिन्छ । यसको आफ्नै महत्त्व रहेको छ । दिदीबहिनीले १० दिनसम्म भाइ–बहिनीबीचको प्रेमलाई गीत गाउँदै दर्शाउने गर्दछ । सामा चकेवा विशेषत: गाउँघरतिर छुट्टै रौनक देखिए पनि शहरबजारमा समेत मौलाएको अवस्था देखिन्छ ।

यो सामा चकेवा छठको खरनाको दिन कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामाचकेवा रात्रिकालीन समयमा गाउँका छोरी र बुहारी एक ठाउँमा भेला भई माटोको विभिन्न प्रतिमासहित सामा चकेवाको गीत गाउँछन् । १० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाइन्छ ।

बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको बेला गीत गाउने गरेको देखिन्छ । आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ ।

नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामा-चकेवा’ पर्व कात्तिक महिनाको शुक्ल पञ्चमी देखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन ।

यस्तो छ किंवदन्ती –

यस पर्वको बारेमा विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको छ । सामा चकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको पालामा भएको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको छोरी साम्बा र छोरा साम्बबीचको प्रेमलाई आधार मानेर सामा चकेवा पर्व मनाइने गरेको उल्लेख छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मनपराएका थिए । तर, साम्बाको विवाह चारुवाकसँग भइसकेको थियो । आफूले मन पराएको व्यक्तिको अर्कैसँग विवाह भएकोमा प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठीक नभएको भन्दै कुरा लगाए । कृष्णले पनि सत्यतथ्य नबुझी रिसको झोँकमा छोरीलाई पंक्षी बन्ने श्राप दिए ।

पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटेर आफ्नी पत्नी निर्दोेष र स्वच्छ छवी भएकी बताए र उनीविना बाँच्न नसक्ने बताए । उनले आफूलाई पनि पंक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएको किंवदन्ती छ । कुरा लगाउने चुडक (चुगला)लाई भने देशनिकाला गरेका थिए ।आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन दान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved