Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कार्तिक पुर्णिामा मेलाको सुरुवातमा बिशाल कल्स यात्राको आयोजना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा, ०२ मंसिर । प्रत्येक वर्ष जस्तै यस वर्षको कार्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बन्न लागेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ४,५,६ चिक्ना भोक्रहामा पुर्णिामा मेलाको भब्य रूपमा तयारी भएको मेला कमिटीको वरिष्ठ सालाहकार कुसेश्वर साह पजियारले जानकारी दिनु भयो ।

परापुर्व कालदेखि उक्त ठाँउमा मेला लाग्ने गरेको समाज सेबी कुशेश्वर साह पजियारले जानकारी दिनु भयो। बुधबार कल्स यात्राको कार्यक्रममा करिब ३ हजार महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो। कमला नदिको किनारमा भब्य रूपमा झण्डा मेला लाग्ने भएको छ । उक्त ठाँउमा पहिलो पल्ट तान्त्रिक बाबाले भब्य मेलाको आयोजना गरेको हो । प्रत्येक बर्ष कार्तिक पुर्णिामाको दिन कमला नदिमा स्नान गर्न लाखौं ब्यक्तीहरुको भिड लाग्ने गर्दछ ।

पुर्णिामाको दिन पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् । ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ जस्ता आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन्छन् । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज बिहान घुँइचो लागेको छ ।

सूर्योदयसँगै शुक्रबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिएका छन् । रातीबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नेहरुको घुइँचो लागेको थियो । आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ । कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्रीहरु पाको हुने विश्वास गरिन्छ ।

भारत लगायत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीका दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved