सुनिल थामी
बाह्रबिसे । सिन्धुपाल्चोकमा गोरुकाटेको अभियोगमा पक्राउ परेकाहरुको रिहाईको माग गरेको छ । गोरुकाटेको अभियोगमा लोकप्रिय नेता आङ्काजी शेर्पा, संघिय ताम्सालिङ मञ्च सिन्धुपाल्चोक जिल्ला संयोजक मिङमार तामाङ र अन्य सक्रिय युबाहरू गरि ५ जना पक्राउ परेको थियो ।
पुर्वको मंगोललाई चोट लाग्दा पश्चिमको मंगोललाई दुख्नुपर्छ। तराईको मंगोललाई चोट लाग्दा हिमाल र पहाडको मंगोललाई दुख्नु पर्छ। भन्ने नाराका साथ यो अभियानमा हामी सबैजना लोकतन्त्रवादी, धर्म निरपेक्षवादी नेता कार्यकर्ताहरु उठौँ, जुटौं र हिन्दुवादी राज्य सङ्ग जुधौँ भन्दै पक्राउ परेकालाई बिना शर्त रिहाईको माग गरेको हो ।

यो पनि पढनु
नेपाल आदिमकाल देखी गाई खाने देश हो भनेर नेपालको पहिलो इतिहासकार भनिने बाबुराम आचार्यले आफ्नो पुस्तकमा लेखेको लिखित दस्तावेज हामी सङ्ग आज पनि छ। प्रकृतिक पुजकहरुको पर्वमा अनिवार्य गोरुको टाउको र खुट्टा चढाउने चलन आज पनि छ।

हिन्दु धर्म अनुसार गाई माता अथवा आमा मानिन्छ भने। गाइ मर्दा खोलामा लगेर जलाउनु पर्छ, १३ दिन जुठो बार्नु पर्छ, गाइको क्रिया गर्नुपर्छ, गाइ मर्दा सेतो कपडा लगाएर हिन्नुपर्छ। आमाको दुध किन बेच्छौ? आमाले दुध दिउन्जेल दुध खाने… दुध दिन छोडेपछि कटुवामा दिने ?? आमालाई बेच्न पाइन्छ? आज अमेरिका, मलेसिया, चाइना, भारत लगायत विश्वभर गाइ गोरु काटिन्छ, खाइन्छ र किनबेच्न गरिन्छ। अनि तिम्रो विश्व हिन्दु महासंघ के हेरेर बसिरहेको छ ? सक्छौ भने ती शक्तिशाली देशहरुलाई मुद्दा हालेर देखाउ।
नत्र गरिव निमुखालाई हिन्दु अत्याचार लाद्ने काम नगर।
हिन्दु धर्मको जननी मानिने रास्ट्र भारतको हरेक प्रान्तमा गाइ गोरु काटेर खाइन्छ त..! अनि मंगोलको देश नेपालमा तिम्रो केको तमासा? अब तिम्रो अतिवाद टिक्दैन।















