Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कार्तिक स्नान भव्यताका साथ सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ३, २०७८ मा प्रकाशित

विनोद मण्डल
प्रदेश नं २ । कार्तिक शुक्ल पूर्णिमाका दिन गरिने स्नानले धार्मिक मान्यता बोकेको छ । खासगरी प्रदेश २ लगायत आसपासका जिल्ला र छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट सिराहा र धनुषाको सीमावर्ती क्षेत्रमा पर्ने पवित्र कमला नदीमा आएर मानिसहरू कार्तिक स्नान गर्ने चलन केही वर्षदेखि बढिरहेको छ ।

खासगरी मधेश मूलका मानिसहरूका आस्थाको रूपमा मानिने यस स्नानको अवसरमा लाग्ने घुइँचोलाई भूत मेलाको रूपमा समेत चिनिन्छ ।

खास गरेर दशैंको घटस्थापना देखि मधेशमा कुल देउता आउने, धामी सिक्ने, बोक्सि सिक्ने लगायतका अन्धविश्वासका कारण आफूले सिकेको जादू , टुना लगायतका कुराहरू दशैंको अवधिसम्म सिक्ने अनि सिद्धि प्राप्तिको लागि कमला स्नान आवस्यक भएकोले मानिसहरू कार्तिक स्नान गर्ने गरेको पाइन्छ ।

कार्तिक स्नान गर्न पुर्व मानिसहरू धामी गाएर पहेंलो वस्त्रको धारण गरेर हातमा बेतको लाठी लिएर धामी, देउता खेल्ने चलन रहिआएको छ । धामी खेल्दा पहेंलो वस्त्रको धारण भगत गाउने देखि सबैले लगाएर सुरिलो भाकामा गीत गाएर हातमा दियालो सहितको ढकनामा आगोको लपकका लिएर कुल देउता, गाउँको डीहिवारको पूजा गरेर गाउँ गाउँबाट अघिल्लो दिन मानिसहरू हिंडेर वा साधनको प्रयोगबाट कमला नदीको स्नानको लागि प्रस्थान गर्ने चलन छ ।

राती नदीको छेउमा बास बसेर उदाउँदो सूर्यलाई साक्षी राखेर कमला स्नान गरी सबै जना नदीमा चिउरा दहीको भोज खाने चलन छ । खाना खाएर घर फर्की बेलुका अा आफ्नो कुल देउताको पूजा गरी यसको समापन गरिन्छ । यस अवसरमा अन्य मानिसहरू पनि कमला स्नान गर्ने चलन रहेको छ । कार्तिक स्नानको अवसरमा सरकारले स्थानिय बिदा दिने चलन रहेको पाइन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved