Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

योगगुरु रामदेवलाई नेपालको सद्भावना दूत बन्न पर्यटन बोर्डको प्रस्ताव

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ५, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यस्तो प्रस्ताव गरेको हो ।

बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले योगगुरु रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उनले बताए ।

‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रर्वद्धन गरिरहकै छौं । नेपाललाई मुलतःसाहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ । तर नेपाल साहसिक गन्तव्यका साथै संस्कृति, प्रकृति, र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,’ उनले भने ।

यसैबीच योगगुरु रामदेव र आचार्य बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ । योगगुरु रामदेवले नेपाल वैदिक सनातन एवम धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको बताउदै यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताएका छन् ।

गत बिहीबार नेपाल आएका रामदेवले शनिबार बिहान चन्द्रागिरि डांँडामा योग ध्यान तथा प्रशिक्षण गराएका थिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved