Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिदै तपस्यामा तान्त्रिक बाबा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ५, २०७८ मा प्रकाशित

महेश सिंह

लहान ५, मंसिर – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर – ५ ,६ चिकना भोक्राहा स्थित रहेको कमला नदिको छेउमा एक तान्त्रिक बाबाले झण्डा मेलाको आयोजना गरी तपस्यामा लिन छन्।२०७८ मंसिर ३ गते देखि ८ गते सम्म ६ दिनका लागि उक्त तान्त्रिक बाबा द्वारा महावीर झण्डा मेला कमला निवासमा आयोजना गरिएको तान्त्रिक बाबाले पत्रकार सम्मेलन मार्फत सुनाउनु भयो।

प्रती बोरा २५ केजिको दरले करिब ४० बोरा खुर्सानी आगोमा जलाउने योजना रहेको तान्त्रिक बाबाले सुनाएका छन् । समाजको हितको लागि हामि जहाँ धार्मिक कार्यको आयोजना गर्छु, त्यहाँको समाज संग पहिला सोधपुछ गरेर अनि मात्र उक्त कार्यको सुरुवात गर्ने गरेको छु , बाबाले पत्रकारहरुलाई सुनाए।

बाबा समक्ष भक्तजनले नि:शुल्क मनोकान्क्षा राख्न सक्ने छ्न् । हिन्दु धर्मावलम्बीको आस्था संग जोडिएको , धार्मिक कार्य भएकोले निशुल्क हो, मनोकान्क्षा पूरा भएपछि खुसी साथ भक्तजनले केही दिएमा मात्र ग्रहण गर्ने बाबाले बताएका छन् । `खुशी दान महा – कल्याण´ भन्दै तान्त्रिक बाबाले भने- मलाई कुनै लोभ छैन् , म समाजको कल्याणको हितको लागि मेला आयोजना गरेको छु, सुनाए ।,

जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिई दैनिक करिब ८ घण्टा तान्त्रिक बाबाले यज्ञको सुरुवात गरिसकेको समाजसेवी एवम कार्तिक कुम्मर मेला महोत्सवका सल्लाहकार कुशेश्वर साहले बताएका छन्।जलिरहेको खुर्सानीको बास्ना लिईरहेको बेला तान्त्रिक बाबा समक्ष भक्तजनले कुनै पनि मनोकान्क्षा राखेको खण्डमा मनोकान्क्षा पुराहुने उनले बताए।

यसअघि सिरहा सहित तराईका विभिन्न जिल्लामा तान्त्रिकबाबाले तान्त्रिक होम, तुलसी महायज्ञ, भण्डारा, हनुमान आराधना लगायतको धर्मकर्म गर्दै आएका छन् । तान्त्रिक बाबाले कमला नदिको किनारमा कार्तिक पुर्णिामाको दिन लगातार ५ बर्ष सम्म विभिन्न खाले यज्ञ लगाउने तयारी समेत गरेका छन् ।

उनी भिक्षा मागी यज्ञ लगाउने गर्दछ, जिवनमा १ सय ८ ठाउँमा विभिन्न खाले यज्ञको आयोजना गर्ने बाबाको योजना छ ।तान्त्रिक बाबा द्वारा चिक्ना भोक्राहामा आयोजित झण्डा मेलामा भगवान राम, लक्ष्मण, महुथिया ( चालक ) सवार हाती अन्कित मुर्तिमा झण्डा राखेका छन् । हनुमान जि महाराज, सबुरी माता लगायतको मुर्ती सहित झण्डा मेला लगाएका छन्।

गाउँघर, समाजको कल्याणको लागि आफू धर्मकर्ममा लिप्त भई विभिन्न ठाउँमा भिक्षा मागेर यज्ञको आयोजना गरेको बाबाले सुनाए।तान्त्रिक बाबा संगसङै दर्जनै बाबाहरु सहभागी उक्त झण्डा मेलाको यज्ञमा आशिर्वाद लिने हजारौ भक्तजनहरुको घुइँचो रहेको मेला समितिले जनाएको छ।

स्थानीय समाज र सहयोगी मनहरुको सहयोगमा भिक्षा मागेरै उक्त मेला ब्यबस्थापनका लागि तान्त्रिक बाबाले लाखै रकम खर्च गरेका स्थानीय समाज सेबी कुशेश्वर साहले जानकारी दिनु भयो।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved