Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जानेको लर्को

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०७८ मा प्रकाशित

प्रदिप न्यैपाने
धनगढी । कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाने सुदूरपश्चिमेलीहरुको लर्को लागेको छ । चाडबाड सकिएसँगै सुदूरपश्चिमेलीहरु कामका लागि भारत पस्न थालेका हुन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जान थालेका छन् । ठूलो संख्याका नेपाली भारत जान थालेकाले गौरीफण्टा नाकामा दैनिक लर्को नै लाग्ने गरेको छ । चाडबाड सकिएसँगै पहाडी जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत जान निस्किएकाले गौरीफण्टा नाकामा भीड नै लाग्ने गरेको छ ।

देशमा रोजगारीका अवसर नहुँदा हिउँदे खेती लगाएर सुदूरपश्चिमका पहाडी सात जिल्ला लगायतका जिल्लाबाट बुढादेखि युवासम्म काम खोज्न भारत तिर लागेका छन । नेपाल प्रहरी चेक पोष्ट डोके बजारको तथ्याङ्क अनुसार यो नाका हुँदै दैनिक दुई हजार हाराहारीका नेपाली भारत गइरहेका छन । भारत जाने नेपालीको संख्या धेरै भएकाले नाकामा प्रहरीलाई इन्ट्री गर्न समेत धौधौ भइरहेको छ ।

भारतमा कोरोनाको दोस्रो लहर चलेको समयमा बेरोजगार हुँदै घर फर्किएका नागरिकहरु पनि फेरी कामका लागि भारत पसेका हुन । गाउँमा हिउँदे खेती लगाएर परिवार पाल्नको लागि आफू भारत जान थालेको नाकामा भेटिएका भीम बहादुर बिकले बताए । घरमा बेरोजगार भएर बस्नु भन्दा आफू केही महिनाका लागि भएपनि रोजगारीका लागि भारत जान थालेको उनको भनाई छ ।” देशमा काम गरौ भने काम गर्ने अवसर छैन्,’उनले भने,’त्यस कारण आफू परिवार पाल्नकै लागि भएपनि भारत जान थालेको हो ।

सरकारले हामी जस्ता युवाहरुका लागि रोजगारीका अवसर सिर्जना गर्नु पर्ने भएपनि गर्न नसकेको उनको आरोप छ । जसको सरकार आएपनि आफुहरुलाई केही पनि फाईदा नहुने उनको भनाई छ । सरकार आफ्ना आसेपासे र कार्यकर्ताका लागि मात्रै हो हामी जस्ता गरिब र निमुखाका लागि होइन्, उनले भने ।

आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने गर्दछन् । एक हप्ताको अवधिमा मात्रै गौरीफण्टा नाका हुँदै रोजगारीका लागि करिब ५ हजार ६१५ जना नागरिकहरु भारत तर्फ लागेका छन ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved