Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो : प्रमुख आयुक्त राई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १०, २०७८ मा प्रकाशित

कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, “अख्तियारले भ्रष्टाचार र अनियमितताका विभिन्न कारण खुलाउँदै सरकारलाई कार्यान्वयन गर्न सुझाव दिएको छ, तर कार्यान्वयन हुनसकेको छैन ।”

मुलुकका एक हजार ७७० रुग्ण आयोजनाको अध्ययन, अनुसन्धान भई अहिले सम्पन्न हुने अवस्थामा पुग्दा त्यसको सकरात्मक प्रभाव परेको जिकिर गर्दैै प्रमुख आयुक्त राईले पछिल्लो समयमा स्थानीय तहका उजुरी बढेको बताए । शिक्षा, भूमि व्यवस्था, वन तथा वातावरणलगायत क्षेत्रमा बढी उजुरी परेको उनको भनाइ थियो । विभिन्न आयोजनामा ठेक्का लगाउने निकायले निरन्तर अनुगमन गर्न सुझाउँदै प्रमुख आयुक्त राईले फितलो अनुगमनका कारण बेलैमा कुनै पनि योजना सम्पन्न नहुने र त्यसले विकास प्रभावित हुँदै गएको जनाए ।

सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा ध्यान पु¥याउन आग्रह गर्दै उनले अख्तियारले जवाफ माग्दा जवाफ नदिने कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत दिए । उक्त समारोहमा आयोगका सचिव तोयम रायाले आयोगले सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००३ मा पक्ष राष्ट्र भएर नेपालले हस्ताक्षर गरेकाले नेपालको छवि गुमाउन नहुने गरी काम गर्न आग्रह गरे ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सदाचारिता र इमान्दारिता हरेक व्यक्तिको सम्पत्ति भएकाले यसलाई शिरमा राखेर कर्मचारीले आफ्नो तहको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मुलुकमा सङ्घीयता आएपछि गणतन्त्र संस्थागत हुँदै गएको बताए ।

कर्मचारीलाई जनमुखी र उत्तरदायी भएर काम गरे सुशासन कायम हुने तर्क गर्दै प्रजिअ रिजालले अहिले सुर्खेतको मालपोत, यातायात व्यवस्था कार्यालयलगायमा सुशासन कायम हुँदै गएको बताए । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका कार्यालय प्रमुख अमरबहादुर थापाले अख्तियार सुर्खेतको कार्यालय दुई हजार ४०० वर्गमिटर क्षेत्रफलमा रु नौ करोड ३१ लाख ८७ हजार ५७० लागतमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

विसं २०७५ जेठ २ गते भवन निर्माण सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने जिम्मा लिएको आशीष–हाम्रो जेभीले कोरोना महामारीका कारण विसं २०७८ असार ३१ सम्पन्न गरेको कार्यालय प्रमुखले थापाले जनाए । रासस

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved