Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एमाले महाधिवेशनको बन्दसत्र स्थलमा चहलपहल बढ्यो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ११, २०७८ मा प्रकाशित

सौराहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा चहलपहल बढेको छ।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा शनिबार हुँदैछ । बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए।

स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो। शुक्रबारबाट सुरु भएको एमाले महाधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।
महाधिवेशनका कारण चितवनका सबै होटल भरिभराउ छन्। सौराहासहित नारायणगढ, मेघौली, जगतपुरका होटलसमेत भरिएका छन्।

एमालेको नयाँ नेतृत्व यही मंसिर १३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ । शुक्रबार राति सौराहामा बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको छ । पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकले १५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको जानकारी दिए।

उपाध्यक्ष र उपमहासचिवमा दुई/दुई जना थप गरिएको छ। अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन्। पहिला वरिष्ठसहित पाँच उपाध्यक्षको व्यवस्था थियो। उपमहासचिव दुई जना थपिएको छ। पहिला एक मात्रै उपमहासचिवको व्यवस्था थियो । भट्टराईका अनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो।

विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ । स्थायी कमिटी भने यथावत् राखिएको छ। विधान महाधिवेशनबाट ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको थियो। अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने निर्णय भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत ढंगबाट पारित गरेको हो। केन्द्रीय कमिटीको निर्णय प्रस्तावलाई महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved