Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पर्यटनमन्त्री आलेले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १७, २०७८ मा प्रकाशित

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निरीक्षणको क्रममा उनले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिएका हुन् । मन्त्री आलेले विमानस्थल निर्माणसँगै समस्याका रुपमा देखिएको भलपानीको निकासका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गरी तत्काल आवश्यक संरचनाहरु निर्माण गर्न निर्देशन दिएका छन् ।

विमानस्थलभन्दा माथिल्लो क्षेत्रको पानी वर्षातको समयमा विमानस्थल हुदै बग्दा जमिन कटान हुने र भूक्षयको समेत समस्या निम्तिने औल्याउँदै त्यसको समयमै व्यवस्थापन गर्न मन्त्री आलेले निर्देशन दिएका हुन् । त्यसैगरी मन्त्री आलेले जहाज उडान गर्नका लागि अवरोध गर्ने विमानस्थलदेखि पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अगाडि बढाउन समेत आग्रह गरे ।

विमानस्थल आसपासका नहर र बाटोको समेत निरीक्षण गरेका मन्त्री आलेले स्तरउन्नोतीसँगै आवश्यक सहयोग गर्न आयोजनालाई आग्रह गरे । विमानस्थल परिसरमा जहाजका लागि आवश्यक इन्धन भण्डारणका लागि आवश्यक हवाई इन्धनको डिपो निर्माणका लागि आवश्यक समन्वय गर्ने उनले बताए ।

त्यसैगरी विमानस्थल निर्माणसँगै डम्पिङ साइडको स्थानान्तरणका लागि पोखरा महानगरपालिकसँग समन्वय गरेर उचित व्यवस्थापन गर्न विमानस्थल आयोजनालाई उनले निर्देशन दिए । मन्त्री आलेले विमानस्थलमा निर्माण गरिएका संरचनाहरूको गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न आग्रह गरे ।

अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले आइकाओको मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved