Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जनकपुरमा मधेस सहिद गेटको निर्माण कार्य अन्तिम चरणमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १९, २०७८ मा प्रकाशित

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माण भइरहेको सहिद गेटको निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियास्थित धनुष आकारमा बन्नलागेको मधेश सहिद गेटमा रङ्ग लगाउने, भगवान राम र शहिदको प्रतीमा स्थापना गर्नुबाहेक अन्य काम सकिएको छ । ठेकेदार कम्पनी महतो कन्ट्रक्सनका सञ्चालक उमेश साहकाअनुसार जनकपुरधाम उपमहानगरपालिकाको करिब तीन करोड रुपियाँ लगानीमा सहिद गेट निर्माण हुन लागेको हो ।

जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ अषाढ २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुष मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्त्ररण गर्नुपर्ने सम्झौता छ । तर ठेकेदार पक्षले ठेक्का अवधिभन्दा एक महिना अगाडि मङ्सिर मसान्तमै निर्माणकार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्त्ररण गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिएको छ । पर्यटकीय तथा धार्मिक नगरीको रुपमा समेत चिनिएको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रवेश गरेको अनुभूति दिलाउने गरी गेट धनुष आकारमा बनिरहेको छ ।

गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतीमा र तीन वटा पिलरमाथि सहिद निक्कु यादव, सन्जय चौधरी र दिलिप यादवको प्रतीमा राखिने बताइएको छ । त्यसैगरी गेटको दुबै किनारमा मधेश आन्दोलनमा शहिद भएकाहरुको चित्र राखिने छ । प्रतीमाहरु बनाउने काम तीब्ररुपमा भइरहेको छ ।

सम्भवत् यो महिनाको अन्तिम साता प्रतिमा स्थापना गरिसक्छौं, महतो कन्ट्रक्सनका सञ्चालक साहले भन्नुभयो । स्थानीय तहमा निर्वाचित भएलगत्तै जनकपुरधामका नगरप्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेश आन्दोलनका सहिदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा गेट निर्माण गर्ने निर्णय भएको बताउनुभयो ।

२०७७ अषाढ २० गते नगरप्रमुख साहले शहिद गेटको शिलान्यास गर्नुभएको थियो । गेट निर्माणका लागि उपमहानगरपालिकाले चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ । ‘तीन करोडमा ठेक्का लागेको छ । अन्य भ्याटबिलसहित चार करोड खर्च हुने अनुमान उपमहानगरपालिकाले गरेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved