Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्याटलाइटको माध्यमबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना गर्ने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २१, २०७८ मा प्रकाशित

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्ने गरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना विभागले बनाएको विभागका उपमहानिर्देश डा. हेमराज रेग्मीले जानकारी दिए । उनका अनुसार, गणकले मूल गणनाका समयमा सो क्षेत्रमा पुगेर विवरण सङ्कलन गर्न नसके पनि वैकल्पिक विधिबाट जनगणना गर्न लागिएको हो ।

विभागले जनगणनाका क्रममा कूटनीतिक रूपमा विभाग र जिल्लाबाट समेत स्थलगत रूपमै जनगणना गर्ने प्रयास गरे पनि सो स्थानमा जान नसकिएकाले अब स्थानीयवासीसँगको सहकार्यमा प्रविधि प्रयोग गरेर तथ्याङ्क सङ्कलन गरिनेछ । विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास गर्दै आएका छन् ।

करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा सात÷आठ सय जनसङ्ख्या रहेको अनुमान छ । चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्कसमेत गर्न सहज हुने रेग्मीले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved