Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जनकपुरमा धुमधामसित विवाह पञ्चमी महोत्सव मनाइँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २२, २०७८ मा प्रकाशित

जनकपुरधाम, २२ मंसिर । मिथिलाञ्चलमा आज धुमधामसित मर्यादा पुरुषोतम् भग्वान राम र आदर्शनारी सीताको विवाह गरी रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष विवहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ ।

आज (बुधबार) दिउँसो साधुशन्तको अगुवाइमा झाकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघामा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयमम्बर हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहम महन्त रामरोशन दास बैष्णवले बताए ।

तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने छ । डोला राम मन्दि र जानकी मन्दिरबाट निस्केपछि डोला दर्शन गर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भग्वान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् । भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

महोत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् । सप्ताह व्यापी रुपमा मनाइने रामजानकी विहपञ्चमी महोत्सवमा नगरदर्शन, फूलबारी लिला, धनुषा यज्ञ, तिल्कोत्सव, मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ । आज रामाजानकीको विवाह पश्चात बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई राम, सीता र लक्ष्मणको प्रतिक बनाइ नाटक प्रदर्शन, झाँकी, नाचगान, भजन किर्तनसहित पूजाअर्चना गर्ने गरिन्छ ।

विवाहपञ्चमीको अवसरमा सामाजिक संंघ संस्थाहरुले मेलामा आउने लाखौ तिर्थालुको सेवाका लागि विभिन्न ठाउँहरुमा शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटेका छन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार, आवस, निःशुल्क भोजन तथा मेलामा अलपत्र परेकाहरुलाई खोजविन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघ संस्थाहरुले गर्ने गर्दछन् ।

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै भीडभाडमा हुने चोरी, पाकेटमारी जस्ता अप्रिय गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved