Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्टल निर्माण वापत करोडौं रुपैयाँ लिईयो : स्टल पाएन ब्यापारी स्टलको लागी भौतारीदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २२, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको पशुपति आदर्श उच्च माद्य्यमिक बिद्यालयको अगाडि रोड नम्बर १ मा पर्ने स्कुलको जग्गामा रोडका पश्चिम् पटी बिजनेस ब्यापार गर्न बसेका व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले सडक संघर्ष शुरू गरेका छन् ।

पीडितहरुको एक समुहले न त स्टल पाएको छु, नत पैसा फिर्ता पाएको छु । स्टलको लागी आफुहरु ९ बर्ष अगाडि स्कुलका तत्कालीन प्राध्यापक प्रमेश्वर रायको पालामा आफुहरुले पैसा बुझाएको भन्दै पीडितहरुले पत्रकारहरुसंग दुखेसो पोखेका छन।

स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको ९ वर्ष बितिसक्दा पनि पीडितहरुले स्टल नपाएको गुनासो गरेका छन्। पशुपति मा.वि का व्यावस्थापक समितिका पूर्व अध्यक्ष तथा सांसद पद्मनारायण चौधरी र प्रदेश २ का प्रदेश सांसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत ८७ जना व्यापारीहरुबाट कसैबाट ५ लाख, ४ लाख, ३ लाख,२ लाख १ लाख ५० हजार गरि जम्मा १ करोड ८७ लाख भन्दा बढी ठगी गरेको पीडितहरुको आरोप रहेको छ्।

उक्त समितिका पदाधिकारी अनुसार व्यापारीसँग विद्यालयले ४ देखि ६ लाखसम्म रकम उठाएका छन्।तर हालसम्म न त स्टल नै बनेको छ, न पैसा फिर्ता भएको छ।उठाएको करिब दूई करोड रुपैयाँ हिनामिना गरेको पीडितहरुको आरोप रहेको छ। तत्कालिन प्र.अ प्रमेश्वर राय र हालका प्र.अ डा.महेन्द्र चौधरीलगायतले समेत व्यापारीहरुबाट रकम बुझेको खुलेको छ ।’वर्षौं बितिसक्दा पनि हालसम्म स्टल निर्माण प्रक्रिया शुरु नभएको देख्दा हामी बाध्य भएर कडा आन्दोलनमा उत्रेका छौ ।’ घर जग्गा भाडा उपभोक्ता समितिका सँयोजक तथा पीडित व्यापारी प्रमोद दासले सो कुरा बताए ।

संघर्ष समितिका संयोजक दासले भने ‘हामी न्यायको लागि प्रहरीमा जाँदा पिडकहरुलाई नियन्त्रणमा नलिएको र स्टल पनि नबनाए दिएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको छ ।’ आन्दोलनकारी व्यापारीहरु न्याय नपाएसम्म अब सडकबाट नफर्किने बताएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरि आन्दोलन न्याय नपाएसम्म जारी रहने बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved