Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २३, २०७८ मा प्रकाशित

काठमाडौँ । सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार, सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले असोजमा अनपेक्षित रूपमा भएको वर्षाका कारण आएको बाढीपहिरोबाट बढी क्षति भएका तथा बस्ती नै सार्नुपरेका जिल्लाका स्थानीय तहलाई विपत् सङ्कट क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । घोषणा गरिएको स्थानीय तहमा पुनर्निर्माणको कामसमेत सुरु गरिने निर्णय गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेमा एउटा उपमहानगरपालिका, चार नगरपालिका र २८ गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा तीन महिनाका लागि सो घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा
हुनेमा डडेलधुराका नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका रहेका छन् । बझाङका थलारा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका रहेका छन् ।

यसैगरी डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका रहेका छन् भने बाजुराका हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका र दार्चुलाका दुहुँ गाउँपालिका र अपि हिमाल गाउँपालिका रहेका छन् ।

त्यसैगरी इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाइ गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । पाँचथरका फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्बेवा गाउँपालिका रहेका छन् । धनकुटाको चौबिसे गाउँपालिका रहेको छ । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका र रोहिणी गाउँपालिका रहेका छन् ।

उहाँले भन्नुभयो, “सङ्कटग्रस्त घोषणा गरिएको समयावधिमा ती क्षेत्रहरूमा गर्नुपर्ने कामको अध्ययन गरी काम सुरु गरिन्छ, त्यसपछि नियमित विकास निर्माणसँगै ती कामहरू अगाडि बढाइन्छ ।” घोषणा गरिएका ठाउँमा अध्ययनको काम छिट्टै नै सुरु गरी काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved