Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुदुरपश्चिमबाट प्रेस काउन्सिल नेपालले थाल्यो आचारसंहिता जागरण अभियान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २३, २०७८ मा प्रकाशित

बुटवल । पत्रकारितामा देखिएको विकृतिले सर्वसाधारणको प्रेसमाथि विश्वसनीयता घटिरहेको भन्दै प्रेस काउन्सिल नेपाल, पत्रकार आचारसंहिताको अनुशिक्षण तथा सन्चारमाध्यम प्रतिको गुनासो सुन्न सुदूरपश्चिम भ्रमणमा छ । कैलालीको धनगढीमा बुधबार कार्यक्रम सम्पन्न गरी काउन्सिलको टोलीले विहीबार कन्चनपुर, शनिबार डोटी र आइतबार अछाममा अन्तर्क्रिया आयोजना गरिएकोछ।

बुधबार धनगढीमा पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउँदै कार्यक्रमको उद्घाटन गरिएको थियो।धनगढीमा पत्रकार आचारसंहिता पूर्णत लागू गर्ने प्रतिवद्धता सहभागीबाटै गराएर कार्यक्रमको सुरुआत गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसंहिता पालना नभएको गुनासोहरू बढिरहेको जनाए । ‘प्रेस काउन्सिल कडाइका साथ आचारसंहिता पालना गराउने अभियानमा छ,’ उनले भने, ‘मर्यादित र विश्वसनीय पत्रकारिताको लागि आचारसंहिता पालना गर्न आवश्यक छ।’

काउन्सिलले मापदण्ड तयार गरेर पत्रिकाको जस्तै अनलाइनहरूको पनि वर्गीकरण गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । ‘पत्रिकाको जस्तै अनलाइनको वर्गीकरण आवश्यक भइसकेको छ । हामी मापदण्ड बनाउने कामको अन्तिम चरणमा छौं,’ उनले भने । उनले यूट्युवहरुलाई पनि नियमनको दायरामा ल्याउने काम भइरहेको बताए । यूट्युवबाट प्रसारित समाग्रीलाई नियमन गर्न आवश्यक रहेको बस्नेतले औंल्याए।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्रांग थापा, पूर्व केन्द्रीय सदस्यहरू मीन बम, श्याम भट्ट, दिल बहादुर छत्याल, कर्ण शाह, मनमोहन स्वार, बानका केन्द्रीय उपमहासचिव गोविन्द रोस्यारा, पत्रकार महासंघ कैलालीका निर्वतमान अध्यक्ष जगत साउद लगायतले पछिल्लो समय आचारसंहिता उन्लंघनका घटना बढिरहेमा चिन्ता व्यक्त गरेका थिए । वर्तमान केन्द्रीय सदस्य भरत शाहले पत्रकार महासंघ पनि यस विषयमा गम्भीर रहेको जनाए ।

पत्रकार आचारसंहिता जागरण र मिडिया प्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेत सहित सदस्यहरू हरि जोशी र लालबाबु शेक उपस्थित थिए । पत्रकार महासंघ कैलाली शाखाले समन्वय गरेको कार्यक्रममा जिल्लाका ७ दर्जन बढी पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागी पत्रकारहरूले पनि काउन्सिललाई विभिन्न सुझाव दिएका थिए।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved