Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लुम्बिनीमा रामजानकी मन्दिर शिलान्यास

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २४, २०७८ मा प्रकाशित

लुम्बिनी । विवाह पञ्चमीको अवसर पारेर लुम्बिनीमा रामजानकी हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।

बुद्ध जन्मस्थल नजिक लुम्बिनी सांस्कृतिक नगरपालिका-१ भगवानपुरमा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने रामजानकी मन्दिर शिलान्यास गरिएको हो ।

आज एक कार्यक्रमका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा बन्ने अनुमान गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।

६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाको लगानीमा एक बिघा एक धुर क्षेत्रफलमा रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल निर्माण हुने इन्जिनियर कोहारले जानकारी दिए ।

एक आकर्षक डिजाइनमा बन्ने उक्त मन्दिरको क्षेत्रफल दुई हजार स्क्वायर फिट रहने छ । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई राम जन्मभूमिको पवित्र माटो र सीताराम इँटा हस्तान्तरण गरेका थिए ।

बाबुल लुम्बिनी संस्कृतिक एसोसिएट प्रा.लिले उक्त मन्दिर निर्माणका लागि तीन करोड ८५ लाख चार हजार एक सय ७५ रुपैयाँमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ । सो अवसरमा राम जन्मभूमि आयोध्या हनुमानगढीका महन्त एवं सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थिति थियो ।

लुम्बिनीमा बन्ने साे मन्दिरले पर्यटकीय विकास र आर्थिक समृद्धिका लागि उल्लेख्य भूमिका खेल्ने वक्ताहरुले विश्वास व्यक्त गरे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved