Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लोहरौली पाल्हिनन्दन अस्पतालको नयाँ भवन उद्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २९, २०७८ मा प्रकाशित

रामजी प्रजापति
नवलपरासी/मंसिर २९ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लाेहराैलीमा रहेकाे पाल्हिनन्दन अस्पतालकाे नयाँ भवन आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले तराईका जनताले सिमा तथा देशकाे रक्षा गरिरहेको र मधेसी जनताकाे नागरिक्ताकाे समस्या छिटोभन्दा छिटाे समाधानका लागि आफू पनि संघिय सरकारसँग कुरा राख्ने प्रतिबद्धता गर्नुभयाे । सो क्रममा स्वास्थ्य र शिक्षालाई मुल समस्याकाे रुपमा लिएर आफू सधैं अगाडि बढ्ने बताउनुभयाे ।

पाल्हिनन्दनमा १५ शैयाकाे अस्पताल निर्माण भएकाे आफुहरुलाई सहज तरिकाले सेवा लिने वातावरण पनि उपलब्ध भयाे स्थानीयले बताउँछन् । अहिले अस्पतालमा २५ जना स्वास्थ्यकर्मी कार्यरत रहेकाे अस्पतालका निमित्त प्रमुख महेश्वर गुप्ताले जानकारी दिनुभयाे । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे पहलमा १५ शैयाकाे अस्पताल प्रदेश सरकारकाे बजेटबाट निर्माण गरिएकाे निमित्त प्रमुख गुप्ताले बताउनुभयाे ।

पाल्हिनन्दन गाउँपालिका कार्यालय बेलाशपुरकाे आयाेजनामा पाल्हिनन्दन अस्पतालकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अस्पताल ६ कराेड ४६ लाख प्रदेश सरकारकाे बजेटमा निर्माण भएकाे हाे । पाल्हिनन्दन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीकाे प्रमुख आतिथ्यता एवम् प्रदेश सरकारका उद्योग तथा आपूर्ति मन्त्री अजय शाही विशिष्ट आतिथ्यतामा उद्घाटन भएकाे हाे ।

कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका निमित्त प्रमुख महेश्वर गुप्ताले राख्नुभएको थियाे भने प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, पुर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादव, प्रदेश स्वास्थ्य मन्त्रालयका निर्देशक विनाेद गुप्ता, जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, लाेसपा नवलपरासीका अध्यक्ष मुकुर्जी गिरी लगाएतले आ-आफ्नो मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल हाेदा, प्रमुख जिल्ला अधिकारी नवलपरासीका धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मनाेज कुमार यादव, शस्त्र प्रहरी गण नं.२६ नवलपरासीका उपरीक्षक महेश अधिकारी, पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतम, विभिन्न राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन गाउँपालिकाकाे लेखा अधिकृत सञ्जय शर्माले गर्नुभएको थियाे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved