Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २, २०७८ मा प्रकाशित

काठमाडौँ । बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन ।

बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै छ भन्नुभयो । यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने छ ।

पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुलसहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ । स्थानीय तह र प्रहरीसँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन सुरु भएको बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताउनुभयो ।

भविष्यमा बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती (धोबी खोला), महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढ्ने उहाँले बताउनुभयो । हाल यी नदीमा पनि सफाइका लागि ढल व्यवस्थापन कार्य भइरहेको छ । यो सफाइ अभियान जनचेतना अभिवृद्वि गर्ने साङ्केतिक अभियान मात्र रहेको बताउँदै अर्यालले नदी किनारामा मानिसको सहज पहुँच नहटाउञ्जेल नदी सफा नहुने भएकोले नदीको पुलमा सीसीटीभी जडान गर्ने कार्य अगाडि बढाइएको हो । फोहोरका पोका नदीमा हुत्याउन नसकिने गरी तटमा हरियाली बाग–बगैँचा निर्माण गर्ने कार्य पनि थालिएको छ । उहाँ भन्नुहुन्छ, नदीबाट फोहोर टिप्ने र नदीमा फोहोर फाल्ने सरोवरी भएकोले नदी सफा हुन नसकेको हो । मोटरसाइकल, साइकल र मोटरबाट आएका तथा प्रभातकालीन यात्रामा हिँडेकाले नदीमा एकाबिहानै फोहोर फाल्ने गरेको उहाँ बताउनुहुन्छ ।

सीसीटीभी अभियानका लागि समितिले स्थानीय तहको साथ खोजेको छ । प्रवक्ता अर्यालका अनुसार आर्थिक स्रोत स्थानीय तह र समितितर्फबाट हुनसक्छ भन्ने सोच समितिको रहेको छ । फोहोर फाल्नेलाई दण्ड र कारबाही गर्ने अधिकार समितिलाई नभएको हुँदा स्थानीय तह यसमा संवेदनशील हुनु आवश्यक छ, उहाँ भन्नुहुन्छ । बागमती सफाइ योजनाको सुरुवातसँगै २७ वर्षको अवधिमा १४ अर्ब ४२ करोड रुपियाँ खर्च भइसकेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले नदीलगायत सार्वजनिक स्थलमा फोहोर फाल्नेउपर मोबाइल फोनबाट फोटो खिचेर उजुरी दिन अनुरोध गर्नुभएको छ । २७औँ महानगरपालिका दिवसको सन्दर्भमा महानगर प्रहरीले शरीरमा धारण गर्ने बडी ज्वाइन क्यामरा बुधबारदेखि जडान गरेर नगर प्रहरी फिल्डमा खटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नगर प्रहरी महाशाखाको कक्षबाट यसमा खिचिएका फोटोको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यस्ता निकै उजुरीमाथि दण्ड जरिवाना कारबाही गरिएको छ तर कारबाहीका लागि स्थानीय तहलाई गरिएको अनुरोधको बेवास्ता भएको गुनासो कार्यकारिणी सदस्य डा. खरेलको छ ।

बागमती नदीसँग थापाथलीमा निकास जोडिने इच्छुमती (टुकुचा)बाट निकै फोहोर बागमतीको थापाथली खण्डमा पुगिरहेको उहाँ बताउनुहुन्छ । टुकुचा फोहोर गर्ने घरवालाको पहिचान भइसकेको हुँदा कारबाहीका लागि लेखी पठाउने तयारी भएको बताउँदै प्रवक्ता अर्यालले सीसीटीभीका साथै नदी छेउका बाटो किनारामा फोहोर राख्ने भाँडो पनि राखिने बताउनुभयो । गोरखापत्रबाट

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved