Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टिम नेपाे पाल्पाले पुर्वखाेला जल्पाका ५ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३, २०७८ मा प्रकाशित

पाल्पा । जिल्लाकाे सामाजिक कार्यमा सक्रिय रहेको सस्था टिम नेपाे पाल्पाले पुर्वखाेला गाउँपालिका वडा न २ जल्पाका ५ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सस्थाले जल्पाका ५ वटा विधालयका विद्यार्थीहरूलाई बालविवाह र प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना एवम स्कुलमा स्वास्थ्य खानेपानीका फिल्टर हस्तान्तरण गरेको हाे ।

कार्यक्रममा बालविवाह सम्बन्धि सचेतना टिम नेपाे पाल्पा अध्यक्ष सन्ताेष गहतराजले प्रशिक्षण प्रदान गर्नुभएको थियाे । भने प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना जल्पा स्वास्थ्य चाैकीका इन्चार्ज पदम दर्लामीले गर्नुभएको थियाे । सस्थाकी सदस्य तारा खाम्चा मगरकाे स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउँपालिका वडा न २ का वडा अध्यक्ष नीर बहादुर सारुले पुर्वखाेला गाउँपालिका भरिमा वडा न २ लाई छनाेट गरि कार्यक्रम ल्याएकाेमा सस्थालाई धन्यवाद दिनुभयो । समाजिक हितकाे लागि स्थापित भएको सस्थाले अभियानकाे रूपमा विद्यालयहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गरेकाेमा खुशी व्यक्त गर्दै विगत समयमा बालविवाह भए पनि स्थानीय सरकार अाए सँगै कम भएको बताउनुभयो । हाल पुर्वखाेला गाउँपालिकाले २० बर्ष भन्दा कम उमेरमा विवाह गरेमा विवाह दर्ता नगरिदिने, वालविवाह गरेमा शैनिकमा भर्ति हुन जानकाे लागि समेत स्वीकृत नदिने गरेको बताउनुभयो । साथै वडा कार्यालय र स्वास्थ्य चाैकीकाे समन्वयमा समय समयमा सचेतना कार्यक्रम, छात्रा विद्यार्थीहरूलाई स्कुलमा निशुल्क प्याड वितरण लगायत कार्य गरेको बताउनुभयो । साथै टिम नेपाे पाल्पाले सामाजिक अभियान लिई वडाका विद्यालयका विद्यार्थीहरूलाई सचेतनाकाे माध्यमबाट सचेत बनाएकाेमा अाभार प्रकट गर्नु भयाे ।

कार्यक्रम वडा सदस्य भिमिसरा अाले सस्थाले विद्यार्थीहरूलाई मध्ये नजर गरि सचेतामुलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै अागामी दिनमा अझ सामाजिक कार्यलाई विस्तार गरि अगाडि बढ्न अार्गह गर्नुभयाे । कार्यक्रमकाे अवसरमा सरस्वती माध्यमिक विद्यालय, कमला अाधारभुत विद्यालय, जन प्रकाश अाधारभुत विद्यालय, कमला प्राथमिक विद्यालय र शम्भु माध्यमिक विद्यालयलाई स्वास्थ्य पिउने पानीकाे लागि फिल्टर वितरण गरिएको थियाे । कार्यक्रममा टिम नेपाे पाल्पाका उपाध्यक्ष माधव पाण्डे, काेषाध्यक्ष इवन ढेगा, सदस्यहरू विन्दु क्षेत्री, तारा खाम्चा ग्रिस्म रानाकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा २ सय जना विद्यार्थी एवम शिक्षकहरुकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम सस्थाका अध्यक्ष सन्ताेष गहतराजले टिम नेपाे पाल्पाले समाजमा कम अवसर पाएका व्यक्ति एवम समुदायका नागरिकहरूकाे उत्थानकाे लागि युवाहरू मिलेर बनेकाे सस्था रहेको बताउनुभयो । टिम नेपाे नेपालका झण्डै ५० जिल्लामा शाखा रहेको र सस्थाले सामाजिक कार्यकाे अभियान सञ्चालन गरि अगाडि बढेको बताउनुभयो । विशेष गरि सस्थाले पाल्पा जिल्लाका विद्यालयमा पुगी विद्यार्थीहरूलाई सचेतनामुलक कार्यक्रमकाे माध्यमबाट सजग गराउने र स्वास्थ्य सामाग्री वितरण कार्यक्रमलाई अगाडि बढाएकाे बताउदै अागामी दिनमा अझ सशक्त रूपमा सामाजिक कार्यलाई अगाडि बढाउने बताउनुभयो । कार्यक्रम सञ्चालन सस्थाका सहसचिव इना रानाकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved