Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विद्युत खपत बढाउन सबै क्षेत्रलाई ऊर्जामन्त्री भुसालको अपिल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३, २०७८ मा प्रकाशित

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् ।

शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई आग्रह गरिन् । मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै उनले यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्‍याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन् ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागिपरेको बताइन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महसुलदरसमेत घटाएको बताइन् ।

मन्त्री भुसालले भनिन् ‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु। र, ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु। भान्सामा प्रयोग गर्ने एलपी ग्यास होस् वा उद्योग–कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस्। अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनको प्रयोग बढाऔँ । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ। सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ। र यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ ।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved