Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रामग्राम नगरपालिकामा पाँच कराेड भन्दा बढीकाे लागतमा तीन वटा खानेपानी निर्माण कार्य सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी/ पुस ०४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पाँच करोड भन्दा बढीको लागतमा एकै साथ तीन वटा खानेपानी आयोजना निर्माण भई रहेका छन् । मानिसको स्वास्थमा अत्यन्तै हानी पुर्याउने तत्वको रुपमा रहेको आर्सेनिक युक्तपानीको क्षेत्र रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अहिले स्थानीय सरकारको ५ करोड ३७ लाखको लगानीमा एकै साथ तीन वटा खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरेको रामग्राम नगरपालिकाले जनाएको छ ।

रामग्राम नगरपालिकाको पूर्ण लगानीमा रामग्राम नगरपालिकाको वार्ड नम्बर १४ को अमरौठ, वार्ड नम्बर १७ को देवगाउँ, वार्ड नम्बर १८ को धरमपुरमा समान क्षमता र समान लगानीमा तीन वटा खानेपानी आयोजनाको निर्माण कार्य शूरु गरिएको नगरपालिकाका ईन्जिनियर सतिष गुप्ताले बताउनुभयो ।

नगरपालिका भित्रका तीन वटा ठुला खानेपानी आयोजनाको निर्माणका काम यसै आर्थिक वर्षको असार मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि नगरपालिकाले योजना बनाई काम शुरु गरिएको बताईएको छ ।

उच्च आर्सेनिकको जोखिमा पर्ने पश्चिम नवलपरासीको रामग्राम क्षेत्र मध्य नवलपरासीको रामग्राम नगरपालिकाले नगरपालिकाका स्थानियवासीहरुको आधारभुत एवं अत्यावश्यक बस्तुको रुपमा रहेको खानेपानीबाट नगरवासीलाई लाभान्वित गर्ने योजना अनुसार तीन ठुला आयोजनाहरुको निर्माणमा जोड दिएको र सोहि अनुसार खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरीएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयाे ।

तीनै वटा योजनामा २२/२२ लाखको लागतमा बोरिंङ गाडने काम सम्पन्न भई सकेको छ भने आयोजनाका पानी टंकी निर्माणको काम अहिले संचालनमा रहेको छ ।

पानी आपुर्तिका लागि पाईप खरिद गरि विछाउने र गाडने लगाएतका काम कतिपय ठेक्का प्रकृयामा रहेका छन भने कतिपय निर्माधिन अवश्थामा रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

खानेपानीको निर्माण भई रहेका रामग्राम नगरपालिकाका अमरौठ, घरमपुर एवं देवगाउँ नगरपालिकाका कम विकसित ग्रामिण क्षेत्रका गाउँहरु रहेका छन । यी ग्रामिण क्षेत्रका स्थानियवासीन्दाहरुले अहिले सम्म गाउँमा कम गहिराईमा गाडिएका हाते चापाकलबाट पानी खादै आएका थिए ।

यी क्षेत्रहरुमा प्रयोग गरिदै आएको पानीको गुणस्तर नाप गर्दा यहाँको खाने गरेको पानीमा मानव स्वाश्थ्यमा अत्यन्तै नकारात्मक प्रभाव पार्ने अर्सेनिक नामक तत्वको अध्याधिक मात्रा रहेको जापानीज संस्था जाईकाले केही वर्ष पहिला गरेको एक अध्ययनले देखाएको थियो ।

अमरौठमा ११ सय घरधुरी, देवगाउँमा १ हजार घरधुरी एवं घरमपुरमा ९५० घरधुरी गरि जम्मा ३ हजार घरपरिवारका मानिसहरुले खानेपानीको सुविधा पाउने छन । तीनै स्थानका खानेपानी आयोजनाको निर्माण कार्य समिर निर्माण सेवा परासीले गरिरहेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved