Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिन्धुली जिल्लाका सात स्थानीय तहमा नगर प्रहरी सेवा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ५, २०७८ मा प्रकाशित

सिन्धुलीमाढी । सिन्धुली जिल्लाका सातवटा स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै स्थानीय तहले गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा दिन थालेका हुन् ।

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नगर प्रहरी भर्ना गरेका छन् । सुनकोसी गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाले भने आवश्यक नरहेको भन्दै अहिलेसम्म नगर प्रहरी भर्ना गरेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भएबमोजिम नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नगर प्रहरीले कार्यालयको काममा सहजीकरण गर्नुका साथै सार्वजनिक सम्पत्तीको सुरक्षा र संरक्षण, विपत् व्यवस्थापन, विपत्को समयमा खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायतका काममा जुटेका छन् ।

अनधिकृत रूपमा हुने निर्माण एवं सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा करार सेवामा तीन जना गाउँ प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । गाउँ तथा नगर प्रहरी हालसम्म सहायक प्रहरी निरीक्षकको नेतृत्वमा कमलामाई नगरपालिकामा १२ जना, दुधौली नगरपालिकामा १६ जना, हरिहरपुरगढी गाउँपालिकामा चार जना, मरिण गाउँपालिकामा छ जना, फिक्कल गाउँपालिकामा पाँच जना, तीनपाटन गाउँपालिकामा दुई जना, गोलन्जोर गाउँपालिकामा तीन जना रहेको ती पालिकाले जनाएका छन् ।

गाउँ प्रहरी राखेपछि पालिकाको काममा सहयोग पुगेको फिक्कल गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पालिकाले हबल्दारको कमान्डमा तीन जना पुरुष र दुई जना महिला गाउँ प्रहरी भर्ना गरी सेवा दिएको छ । गाउँ सभाबाट दरबन्दी सिर्जना गरी गाउँ प्रहरी भर्ना गरिएको हो ।

कमलामाई नगरपालिकाका प्रशासकीय अधिकृत सागरकुमार ढकालले ४५ जना नगर प्रहरी भर्ना गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिँदै भन्नुभयो, हाल १२ जना कार्यरत छन् । अरू छ जना भर्ना प्रक्रियामा रहेका छन् । उनीहरूले वातावरण संरक्षणदेखि कार्यालयको काममा समेत सहयोग पु¥याउने गरेको उहाँको भनाइ छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved