Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गुल्मी अस्पताल निर्माण कार्य २० प्रतिशत सकियाे

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ६, २०७८ मा प्रकाशित

गुल्मी । गुल्मी अस्पताल तम्घासको निर्माणकार्य २० प्रतिशत सकिएको छ । निर्माणाधीन अस्पतालको भारतीय प्राविधिक टोलीले समेत अनुगमन गरेको छ ।

भारतीय सरकारको पूर्ण अनुदानमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ पाल्पामार्फत आयोजना कार्यान्वयन भइरहेको छ । सोमबार भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट अजयकुमार हजारीका, हिमान्सु शर्मा र घनश्याम मित्तलसहितको टोलीले आयोजनाको अनुगमन गरेकाे छ । टोलीले कामको प्रगति र गुणस्तरको विषयमा प्रशंसा गरेको छ ।

अस्पताल निर्माणका लागि स्वच्छन्द–बानियाँ जेभी मकवानपुर हेटौँडाले निर्माणको सम्झौता गरेको छ । अस्पतालको काम दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण सुरु भएको साढे पाँच महिनामा अहिलेसम्म २०.२ प्रतिशत काम सकिएको सुपरिवेक्षण गरिरहेका भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट (कन्स्ट्रक्सन सुपरभिजन एक्सपर्ट) इन्जिनियर अजयकुमार गुप्ताले जानकारी दिए ।

२५ करोड ४१ लाखमा निर्माण सम्झौता

अहिले अस्पतालको राफ्ट फाउन्डेसनको ढलानको काम सकिएको छ भने सियरवाल र पिल्लर निर्माणको काम भइरहेको छ । स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार ९ सय ६४ रुपैयाँको लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ । सम्झौताअगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने विश्वास निर्माण कम्पनीले लिएको छ ।

कम्पनीका साइड इन्चार्ज कृष्ण घिमिरेले सम्झौताको समयअगावै सबै काम सक्ने गरी धमाधम काम भइरहेको बताए । उनले जिल्लाको सबैभन्दा ठूलो अस्पतालसँग जनताको आशा र विश्वास भएकाले रातदिन गरेर काम भइरहेको बताए । ‘हामीले अरू योजनाको काम पनि समयमै गरिरहेका छौँ । गुल्मी अस्पताल सम्झौता नसकिँदै निर्माण गरेर देखाउँछौँ,’ घिमिरेले भने, ‘काममा तीव्रता र गुणस्तरीयतामा पनि ध्यान पुर्‍याएका छौँ ।’

गुल्मी अस्पताल ०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको हो । तर, भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन । यस अस्पतालमा उपचार गर्न गुल्मीसहित अर्घाखाँची र बाग्लुङका नागरिकसमेत आउने गर्छन् ।

लामो समयपछि जिल्लामा सुविधासम्पन्न आधुनिक अस्पताल निर्माणको कामले सार्थकता पाएको छ । प्रदेश स्तरको साढे ५ तल्लाको नयाँ भवनमा आइसियू, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था हुनेछ । त्यस्तै भवन निर्माणपश्चात् प्रसूति, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछ ।

गुल्मी अस्पतालमा अहिले अत्याधुनिक भवन मात्रै निर्माण भइरहेको छैन, आइसियू, एचडियू र अक्सिजन प्लान्टलगायतका महत्वपूर्ण सेवा विस्तारको काम पनि भइरहेकाले नागरिकमा स्वास्थ्यप्रतिको आशा बढेको युवा नेता ओम कार्कीले बताए ।

अस्पतालको नयाँ संरचना र सेवा विस्तारले उपचारकै कारण बसाइँ सर्ने र केही जटिल समस्या आउनेबित्तिकै पाल्पा, बुटवल र काठमाडाैं दौडनुपर्ने बाध्यतामा केही हदसम्म कमी आउनेमा गुल्मेली नागरिक आशावादी छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved