Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि सिराहाका किसानले गोदामबाट आफैँ झिकेर लगे गहुँको बिउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ७, २०७८ मा प्रकाशित

सिराहा । सिराहाका किसानले अनुदानमा बाँड्न राखिएको गहुँको बिउ कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै आफैँ झिकेर लगेका छन् । जिल्लको औरही गाउँपालिका– ३ का किसानले प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको दुई सय बोरा गहुँको बिउ मंगलबार बिहान १० बजे आफैँ झिकेर लगेका हुन् ।

औरही गाउँपालिकाले किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय र एनएल– ९७१ प्रजातिको गहुँको बिउ ल्याएको थियो । टेन्डर प्रक्रियाबाट गत २९ मंसिरमा दुई हजार ६ सय ४० क्विन्टल बिउ ल्याइए पनि वितरण अझै वितरण भएको थिएन । गहुँ छर्ने समय भइसक्दा पनि बिउ नपाउँदा किसान चिन्तित थिए । त्यसमाथि गाउँपालिकाका कर्मचारीले आफूनिकट र पहुँचवालालाई बिउ दिने गरेको, तर सामान्य किसानले दिनहुँ घन्टौँ लाइन बस्दा पनि बिउ नपाएको गुनासो गर्दै आएका थिए ।

मंगलबार पनि किसानहरू बिहानदेखि बिउका लागि लाइन बसेका थिए । कर्मचारीले वितरणमा आलटाल गरेको भन्दै आक्रोशित उनीहरूले गोदामको ताला खोलेर बिउ लुटेर लगेका हुन् । ‘२० किलो बिउका लागि दिनहुँ बिहानैदेखि लाइन बस्थ्यौँ, तैपनि पाइरहेका थिएनौँ,’ औरही गाउँपालिका– ३ का एक किसानले भने, ‘बिउ छर्न निकै ढिला भइसक्दा पनि कर्मचारीले अनेक बहाना बनाएर वितरणमा अलमल गर्दै आएका थिए । त्यही भएर हामी आफैँले बिउ लिएर गयौँ ।’

उनले चिसोको समयमा चार–पाँच किलोमिटर टाढाबाट आएर दिनहुँ लाइन बसेका किसानमाथि हदैसम्मको अन्याय गरिएकाले यो कदम उठाउन बाध्य भएको बताए । गाउँपालिकाको कृषि शाखाका प्रमुख राजदेव यादवले किसानहरूले दुई सय बोरा बिउ लुटेर लगेको बताए । उनले भने ‘एक बोरामा ४० किलो बिउ थियो । हामीले प्रत्येक किसानलाई २०–२० किलोका दरले पूर्ण अनुदानमा गहुँको बिउ दिने गरेका थियौँ । सोमबार पनि केहीबेर वितरण गरेपछि विवाद भयो । त्यसपछि हामीले वितरण रोक्यौँ, मंगलबार केही किसानले दुई सय बोरा लुटेरै लगे ।’

गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भने सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै आवश्यक परामर्शपछि कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । ‘यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग परामर्श थालेको छु, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved