Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ८, २०७८ मा प्रकाशित

सुरज नेपाली
बुटवल, पुष ८ । बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु हुदै, बुधबार पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ ।

उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन हुने भएको हो ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ सञ्चालन हुने मेलाको दिउसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए । उद्घाटनअघि बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झांकीसहितको ¥याली निकालिने अध्यक्ष गैरेको भनाई छ ।

मेलामा महिला उद्यमी, हस्तकला, कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाई छ । मेला सम्पन्न गर्न अस्थायी संरचनाहरु निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेलामा रहने मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा दर्शकको उत्साहजनक उपस्थिति रहने र ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको उनले बताए ।

मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved