Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा, बिबिध कार्यक्रम गर्दै दिवस मनाइयो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ८, २०७८ मा प्रकाशित

झापा । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका हुन्।

सांस्कृतिक प्रस्तुतिका साथ आयोजित समारोहमा प्रमुख अतिथि घिमिरेले बालबालिकाको सर्वांगीण विकासबिना समृद्ध राष्टको कल्पना गर्न नसकिने जनाउँदै भद्रपुर नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गरे।

कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफूहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै भद्रपुरमा बालमैत्री अभियान सुरु गरेको र अभियानले पाएको सार्थकतापछि अहिले देशभरिका स्थानीय तहहरुका लागि सिकाइको थलो बनेको उल्लेख गरे।

सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई सम्मान गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

बालमैत्री गीतका रचनाकार सत्य राजवंशी, सङ्गीतकार हरि पौडेल, बालमैत्री बानी व्यवहार प्रदर्शन गर्ने शिक्षकका रुपमा वीरेन्द्र माविका शिक्षक गङ्गा घिमिरे, पूर्वशिक्षक कैलाश राईलगायत भद्रपुरको बालमैत्री अभियानमा सक्रिय साथ सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान गरिएको थियो । दिवसकै सन्दर्भ पारेर एक सातासम्म सञ्चालन गरिएका विभिन्न विधाका प्रतियोगिताका विजयी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा छ विपन्न विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । समारोहमा प्रदेश नं १ का प्रदेश सभा सदस्य वसन्त बानियाँ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं, बालमैत्री अभियानकर्मी सुमन ढकाल, इटहरी नगर बाल सञ्जालका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखे।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved