Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल माघदेखि सञ्चालनमा ल्याउने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ९, २०७८ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा संघीय सरकारले १६ करोड बढीको लागतमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल तयार भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा आयुर्वेद अस्पताल तयार भएको हो । यस्तै संघीय सरकारको मातहतमा निर्माण भएको अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याएर सञ्चालन गर्ने तयारी थालिएको छ। माघदेखि अस्पताल सञ्चालनका लागि तयारी थालिएको अस्पताल निर्देशक डा. खगेन्द्रबहादुर बमले जानकारी दिए।

प्रदेश सरकारको मातहतमा ल्याउने प्रक्रिया अगाडि बढेको छ,’ डा. बमले भने, ‘प्रदेश सरकारले तत्काल स्वामित्व पाए माघदेखि नै केही सेवा सुचारु गर्ने तयारी छ।’ प्रादेशिक आयुर्वेद अस्पतालमा ८ विभाग भए पनि सुरुमा प्रदेश सरकारले चार विभाग मात्र सञ्चालन गर्ने तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएके छ । प्रत्येक विभागमा एक÷एक जना विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सकलाई सहयोगका लागि थप एक÷एक जना चिकित्सक, कविराज, वैद्य, स्टाफ नर्स, एएनएम तथा प्रयोगशालाका कर्मचारीसमेत प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि आवश्यक हुने छन्।

अस्पतालका निर्देशक डा. बमले ती कर्मचारी भर्ना गर्नका लागि दरबन्दी स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी दिए। अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद पनि भइसकेको डा. बमले बताए। ‘अस्पतालका लागि आवश्यक केही उपकरण खरिद भइसकेको छ,’ बमले भने, ‘बाँकी उपकरण पनि खरिद गर्ने तयारीमा छौं।’ अस्पतालबाट आयुर्वेदिक विधिको उपचार, फिजियोथेरापी, शल्यचिकित्सा, योग, पूर्वकर्म÷पञ्चकर्म, अत्याधुनिक प्रयोगशालालगायत सेवाहरू प्रदान गरिने अस्पतालका निर्देशक डा. बमले बताए।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved