Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नारायणगढ–बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ११, २०७८ मा प्रकाशित

भरतपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ। सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु-याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए । ‘बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो’, आयोजना प्रमुख दिष्टीले भने “योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन सुरु गरेको छ ।”

सडक विस्तारका लागि ड्रेनेज खन्ने बेलामा खानेपानीको पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उनको भनाइ छ । “एक वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौँ, तर उहाँहरुले बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिनुभएन”, उनले भने, “अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदैछौँ, चाँडै हटाएर सकिन्छ ।” बिजुलीको पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उनले बताए ।

“निर्माण पक्षले यस वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढाएको छ”, आयोजना प्रमुख दिष्टीले भने, “यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।” पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उनले बताए । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मत गर्ने काम भइरहेको उनको भनाइ छ ।

९० प्रतिशत रुख काटियो

सडक विस्तारका क्रममा पूर्वी खण्डमा करिब ९० प्रतिशत रुख कटान भइसकेको आयोजनाले जनाएको छ । “सडक विस्तारका लागि हामीले करिब ३७ हजार रुख काट्दैछौँ”, उनले भने, “अहिलेसम्म ३५ हजार जति रुख काटिएको छ, अब केही स्थानमा मात्रै रुख कटानको काम बाँकी छ ।” रुख कटानको काम बाँकी रहेको विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने जङ्गल क्षेत्रमा रुख कटानको काम भइरहेको आयोजना प्रमुख दिष्टीले बताए ।

सो सडक विस्तारको काम पूर्वी खण्डमा करिब १० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनको साइट प्रमुख फेरिएपछि कामले गति लिएको आयोजना प्रमुख दिष्टीले बताए। “पहिलेका साइट प्रमुखले काम नगर्ने, हामीलाई नटेर्नेलगायतका काम हुँदा सडक विस्तारले सोचेअनुसार प्रगति हासिल गर्न सकेको थिएन”, उनले भने, “अहिले नयाँ प्रमुख आएपछि कामले गति लिएको छ, अब भने काम तीव्रगतिमा हुनेमा हामी आशावादी छौँ ।”

सडक विस्तारका क्रममा हालसम्म पूँजीगत खर्च जम्मा रु ३५ करोड ७५ लाखमात्रै भएको आयोजनाले जनाएको छ । सो खण्डको कूल लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सो सडकखण्डलाई विस्तार गर्दै चार लेनको बनाउन लागिएको हो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तारको सुरु भएको सो सडकको काम सुरु भएको करिब ३५ महिना पुगेको छ । निर्माण सुरु भएको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर काम सुरु भएको थियो ।

सो सडकखण्ड करिब ५८ वर्षपछि विस्तार गरेर चार लेनको निर्माण गर्ने गरी काम भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात-सात मिटरको हुनेछ । बजार क्षेत्रमा छ-छ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमी सडक भने तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालो चढ्ने खण्डमा थप एक लेन सडक निर्माण हुनेछ । रासस

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved