Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धनकुटाको भेडेटारमा खान महोत्सव हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०७८ मा प्रकाशित

धनकुटा, पुस १३ । अग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा खाना महोत्सव हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सव पुस १६ देखि १८ गतेसम्म भेडेटार बजारमा आयोजना हुने एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। विगत आठ वर्षदेखि आयोजना हुँदै आएको महोत्सव गत वर्ष कोरोना महामारीका कारण आयोजना गरिएन। यस वर्ष हुने महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूल प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरूको २४ वटा स्टल राखिनेछ। महोत्सवका लागि अहिले स्टल निर्माणको काम तीव्र रूपमा भइरहेको छ। पर्यटक स्वागत गर्न भेडेटार बजार क्षेत्रमा आर्कषक सजावट गरिने अध्यक्ष राईले बताए।

महोत्सवमा आउने आगन्तुकलाई हेलिटुर, प्याराग्लाइडिङ, माउन्टेन बाइक र विभिन्न टुर प्याकेजमा पाँचदेखि ३० प्रतिशतसम्म छुट र होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाका साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङ डाँडा, बौद्ध बिहार, गुम्बा, ध्वजे डाँडा अजंगको वरको रुखलगायतका ठाउँमा घुमाइने भएको छ।

यसैगरी महोत्सवमा मगर, लिम्बू, राई, थारु, धिमाल र याखा जातिको साँस्कृतिक झाँकीसमेत प्रदर्शनी गरिने भएको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved