Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गण्डक नहरमा यो बर्ष भारतीय पक्षले समयमै पानी छोडेपछि, हिँउदे बाली सिँचाई गर्न किसानलाई सहज

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०७८ मा प्रकाशित

नवलपरासी, पुस १३ । पश्चिम नवलपरासीको गण्डक नहरमा पानी आएपछि हिउँदेबाली सिँचाई गर्न किसानलाई सहज भएको छ । हिँउदे बाली सिँचाईका लागि भारतीय पक्षले गण्डक नहरमा पानी छोडेपछि गहुँ मसुरो तोरी, आलु लगायतका तरकारी बाली सिँचाई गर्न किसानहरुलाई निकै सहज भएको बताउँछन् ।

नेपाल–भारत गण्डक सम्झौता अनुसार पानी नेपालको भएपनि पानीमाथि कब्जा भने भारतीय पक्षको रहेकाले उनीहरुसंग सिजनल खेती सिँचाईका लागि नेपाली नहरमा पानी छोडन आग्रह गरिदै आइएको छ । प्रत्येक वर्ष भारतीय पक्षले नेपाली नहरमा ढिलो पानी छोड्दै आएकाले नेपाली किसानहरु सिँचाईका बेला नहरमा पानी नपाउँदा चर्काे शुल्क तिरेर बोरिङ्गबाट खेत सिँचाई गर्दै झन्झट व्यवहोर्दै आएका थिए । तर यस वर्ष नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालय र जल उपभोक्ता समिति नवलपरासीको पहलमा भारतीय पक्षले भारतीय नहर भन्दा छिटो नेपाली गण्डक नहरमा पानी छोडेको कार्यालय प्रमुख रन्धीर कुमार शाहले जानकारी दिए ।

कार्यालय प्रमुख शाहले हाम्रो अनुरोधमा भारतीय पक्षले नहरमा गत मंसिर २६ गते नै पानी छोड्यो जसले यहाँका किसानहरुलाई सिँचाई गर्न निकै सहजता भएको छ ।
पानी मुल नहर, शाखा र माइनरहरुमा पानी पुगे पनि खेत लेबलका अधिकांश संरचनाहरु ध्वस्त र बिग्रिएकाले खेतमै पानी पुग्न सकेको छैन । यस्तो संरचनाहरुको मर्मतसम्भारका लागि कार्यालय लागिपरेको र यसतर्फ सम्बन्धित पालिका र किसानहरुको पनि ध्यान पुग्न जरुरी रहेको प्रमुख शाहले आग्रह गरे । जुन क्षेत्रको खेतमै नहरको पानी पुगेको छैन त्यस क्षेत्रको नहर, शाखा र माईनरमा पानी पुगेकोमा किसानहरु पम्पिङ्गसेटबाट पानी तानी खेत सिँचाई गरिरहेको कार्यालयले जनाएको छ । यस नहरले बर्दघाट, रामग्राम गरी २ नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरी ४ गाउँपालिकाको कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाई हुँदै आएको छ ।

यस गण्डक कमाण्ड क्षेत्रमा पुर्वदेखि पश्चिमसम्म ३२ किलोमिटर लामो १ वटा मुल नहर, ३ वटा शाखा नहर, ६ वटा माईनर नहर, २६ वटा एमसी, ६ वटा एस एफ डि र १६२ वटा एमएसडी रहेको छ । यसबाहेक खेतमा सजिलै पानी पुग्ने गरी सयौंको संख्यामा नाला कुलोहरु पनि छन् तर अधिकांश खेत लेबलका संरचनाहरु ध्वस्त भएका र अधिकांश किसानहरु आफै कुलोनालो मिची खेत बनाइसकेकाले खेतमा नहरको पानी पुग्न नसकेको जल उपभोक्ताका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिए । विगत लामो समयदेखि नहरको वृहद सरसफाई तथा मर्मतसम्भार नभएको र नहरका गेट, साईफन, कुलो लगायतका संरचनाहरु जीर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतको सिँचाईबाट किसानहरु बन्चित हुने गर्दथे । तर यस वर्षदेखि नहरमा वृहद सरसफाई र मर्मतसम्भारको कार्यले नहरमा भरपुर पानी आएपछि किसानहरु हर्षित भई सिँचाई गरिरहेका छन् ।

नेपाल सरकारले ६० करोड रुपैयाँको बजेटमा गत वर्षदेखि नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यस्थित गर्दै नहरको वृहद सरसफाई तथा मर्मतसम्भार कार्य गरिरहेको कार्यालयले जनाएको छ । यता कार्यालयले, विभिन्न पालिका तथा स्थानीयहरुलाई गाउँघरको ढल नहरमा नमिसाउन र फोहर नफाल्न आग्रह गरेको छ । नहरमा ढल मिसाउँदा र फोहार फाल्दा नहरको गेट थुनिएर जाने उता किसानहरु सिँचाई गर्दा खेतमा फोहोर र ढलका सायनयुक्त पानी पुग्नेले बालीनाली उत्पादनमा हस आउने गर्दछ । त्यस्तै कार्यालयले नहरलाई जथाभावी नकाटन र कुलो नमिच्न आग्रह समेत गरेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved