Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निर्बाचन आयोगले लिपुलेकमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गर्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १४, २०७८ मा प्रकाशित

काठमाडौं, पुष १४ । नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ ।

अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ । सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्ख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको हो । २०७७ साल जेठ ७ गते नेपालको अद्यावधिक चुच्चे नक्सा सार्वजनिक गरिएको थियो ।

सोहीअनुसार चुच्चे नक्सामा नेपालको भूभागका रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र प्रस्ट रूपमा समेटिएको छ । पहिलेदेखि नै नेपालको भूभाग रहिआए पनि छिमेकी मुलुक भारतसँगको विवादका कारण ती भूभागमा औपचारिक गतिविधि कम रहेको थियो तर यो वर्ष भएको जनगणनाले नेपाल सरकारको औपचारिक उपस्थितिलाई बलियो बनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, “त्यहाँका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिन्छ अनि आगामी निर्वाचनमा उहाँहरूले सहभागिता जनाउन पाउनुहुन्छ ।” उनका अनुसार केन्द्रीय तथ्याङ्क विभागले विभिन्न माध्यमबाट त्यहाँका नेपालीको लगत जनगणनामार्फत लिएर आइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved