Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

देशैभर किन जान्छ बारम्बार बत्ति ? कुलमानले बोलेको ठिक उल्टो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १८, २०७८ मा प्रकाशित

बुटवल । अहिले घोषितरुपमा लोडसेडिङ छैन, तर झ्याप झ्याप बिजुली गइरहेको छ । कहिले छिट्टै बिजुली आउँछ त कहिले घण्टौं कुनुपर्ने स्थिति छ । यसअघि नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य हुँदाभन्दा अहिले कुलमान घिसिङको पालामा विद्युत् अनियमित छ । त्यतिबेला शाक्यलाई हटाएर घिसिङलाई प्रधिकरणको नेतृत्वमा ल्याउन सडकदेखि सदनसम्म आवाज उठ्यो । धेरैलाई लागेको घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि बिजुली नियमित हुन्छ, झ्याप झ्याप बत्ती जाँदैन । तर परिणाम ठिक उल्टो भएको छ ।

१८ घण्टा लामो लोडसेडिङ हटाएर लोकप्रियता कमाएका घिसिङको पालामा पनि बिजुली अनियमित भएको भन्दै जनगुनासो बढ्दो छ । प्राधिकरणले भने जाडो याम भएकाले विद्युतीय सामग्रीको बढी प्रयोग भएको र कतै ट्रान्सफर्मर फेर्न लागेकाले विद्युत् आपूर्ति नियमित हुन नसकेको बताएको छ । तर, स्थानियको गुनासो देशैभर बत्ती बेला बेला झाप्प जाने र घण्टौ सम्म कुर्न पर्ने बाध्यता भएको गुनासो छ ।

नेपालले भारतलाई समेत विद्युत् बिक्री गरिरहेको छ तर नेपालमै किन यसरी बिजुली अनियमित भइरहेको छ ? भन्ने धेरैको प्रश्न उठेको छ । तीन दिनअघि घिसिङले पत्रकार सम्मेलन नै गरेर कतैकतै ट्रान्सफर्मर फेर्न लाग्दा बिजुली आपूर्तिमा समस्या भएको र अब समाधान हुने बताएका थिए । उनले शुक्रबारबाट बत्ति जाने क्रम रोकिने दावी गरेका थिए । तर पनि समस्या उस्तै छ । हिजो र आज पनि बत्ति देशै भर जाने क्रम जारी रह्यो ।

घिसिङका अनुसार विद्युत् नपुगेर भन्दा पनि मर्मतका कारण समस्या भएको हो । काठमाडौं उपत्यकामा ९ वटा सबस्टेशन छन् । त्यसपछि उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई सहज हुनेछ र विद्युत् आपूर्तिसम्बन्धी समस्या दीर्घकालीनरुपमा नै अन्त्य हुनेछ । यससँगै केही फिडरहरुमा आगलागीका कारण समस्या भएको उनको भनाइ छ ।

माथिल्लो तामाकोशीको बिजुली आएपछि विद्युत् आपूर्तिमा झन् सहज भएको उनले बताए । उनका अनुसार विगत वर्षभन्दा काठमाडौंमा अहिले ८० देखि १०० मेगावाट बिजुलीको लोड बढेको छ । जसकारण ट्रान्सफर्मरमा लोड पनि बढेको छ । त्यसैले अहिले लोडअनुसारको ट्रान्सफर्मर फेर्ने काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने जाडो याममा विद्युतीय उपकरणको प्रयोग बढेकाले समस्या भएको बताउँछन् । ‘जाडोयाम सुरु हुनुभन्दा पहिले काठमाडौंमा ३ सय मेगावाट बिजुली माग थियो । अहिले कम्तिमा ४५५ मेगावाट माग भरहेको छ’, उनले भने, ‘यद्यपि, अब छिट्टै समस्या समाधान हुन्छ ।’

भट्टराईका अनुसार नेपालको आन्तरिक उत्पादन १ हजार ५५६ मेगावाट रहेको छ । जसमा निजी क्षेत्रको ४ सय ९ मेगावाट, विद्युत् प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको १ हजार ४७ मेगावाट विद्युत् छ ।

नेपालले भारतबाट १ सय ६९ मेगावाट विद्युत् ल्याएर व्यवस्थापन गरिरहेको छ । नेपालले हाल भारतलाई ३९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved