Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

उपत्यकाका ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २१, २०७८ मा प्रकाशित

काठमाडौं, पौष २१ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ ।

अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ र सइलाई २० प्रतिशत तथा इन्स्पेक्टर र डिएसपीलाई तलबको १० प्रतिशत भत्ता उपलब्ध गराउन सहमति दिएको हो । यो भत्ता उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई मात्र लागू हुनेछ । काठमाडौं, ललितपुर र भक्तपुरमा हाल एक हजार पाँच सय ५० ट्राफिक प्रहरी कार्यरत छन् । यो निर्णयसँगै जवान र हवल्दारले मासिक करिब १० हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् ।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरी दिनमा १६ घन्टासम्म ड्युटीमा खटिनुपर्ने भएकाले उनीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको हो । २०७६ को वैशाखसम्म ट्राफिक प्रहरीले भत्ता पाउँदै आएकोमा कोरोना महामारी सुरु भएसँगै भत्ता कटौती भएको थियो । ट्राफिक प्रहरीको ड्युटी असाध्यै गाह्रो भएको भन्दै भत्ता उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा यस प्रस्तावमा सकारात्मक भएपछि ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक हजार ८३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि थप करिब पाँच सयलाई काजमा राखेर ड्युटीमा खटाइएको छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरी सरुवा माग्दै उपत्यकाबाहिर जान खोज्ने प्रवृत्ति छ ।

भत्ता दिने निर्णयसँगै अब काम गर्न सहज हुने ट्राफिक महाशाखाका एक अधिकारी बताउँछन् । नयाँ पत्रिकाबाट

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved