Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्याब्सन लुम्बिनीको अध्यक्षमा रुपन्देहीका पाण्डेय चयन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २१, २०७८ मा प्रकाशित

बुटवल, पुस २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बाँके), उपाध्यक्षहरूमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी (दाङ्ग), सहसचिवमा तेजनाथ पौडेल (बर्दिया), सहकोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यहरूमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ) र राजेन्द्रकुमार आचार्य (बाँके) चयन भएका छन् । बाँकेको कोहलपुरमा सम्पन्न अधिवेशनको उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सह-अध्यक्ष डि.के.ढुङ्गाना,सल्लाहकारहरू आषिश श्रेष्ठ, नारायण अधिकारी, सुमन गोपाल आचार्य, निर्मल उपाध्याय, अनिल झा, प्याब्सनका केन्द्रीय उपाध्यक्षहरू ईश्वरबहादुर गुरुङ्ग, कृष्ण अधिकारी र बिष्णु पन्थी, नेशनल प्याब्सन केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले निजी विद्यालयहरू राज्यको शिक्षा विकासको मेरुदण्ड रहेको तर नेपाल सरकारले भेदभाव गरेको गुनासो गरेका थिए ।

अधिवेशनमा कोषाध्यक्ष केशव सापकोटाले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved