Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २२, २०७८ मा प्रकाशित

काठमाडौ, पुस २२ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई पुस २३ गतेबाट लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो ।

यस्तै, सरकारले उखुको न्यूनतम खरिद मूल्य पनि तोकेको छ । प्रवक्ता कार्कीले प्रतिक्विन्टल उखुको मूल्य ५२० रुपैयाँ निर्धारण गर्नेलगायत निर्णय भएको बताए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु :

१. राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागु हुने गरी मुख्य अनुसन्धान पदमा बढुवा गर्ने ।
२. आर्थिक वृद्धि तथा उत्पादनशिलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (करिब १० अर्ब ३९ करोड रुपैयाँ) नीतिगत ऋण सहायता स्वीकार गर्ने ।
३. आर्थिक वर्ष २०७८/७९ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ निर्धारण गर्ने ।
४. नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकार चलाउने अधिकारी तोक्ने ।
५. गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासनका शाखा प्रमुख जिल्ला अधिकारीहरूलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने ।
६. एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराउने ।
७. प्रहरी नवौँ संशोधन नियमवाली–२०७८ स्वीकृत गर्ने ।
८. निजगढको कोहल्वी ३३ किमि सबस्टेसन निर्माणका लागि दुई बिघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
९. दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुलको निर्माण गर्न दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने ।
१०. राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेत, दमक–१, झापालाई नियुक्त गर्ने ।
११. वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथामिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्राधिकारभित्र पर्ने रुख कटानलाई पहिलो प्राथामिकता दिने गरी आवश्यक रुखहरू कटानमुछान गर्न र नमुनाहरू प्रयोगशालासम्म ल्याउन स्वीकृति प्रदान गर्ने ।
१२. नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशन गर्न स्वीकृति दिने ।
१३. गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
१४. राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved