Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

केएमसी शुल्क विवाद वार्ता निश्कर्षविहीन, नियम भन्दा बढी शुल्क नलिएको कलेजको दावी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २३, २०७८ मा प्रकाशित

काठमाडौं, २३ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले शुल्क घटनाउन नसकिने अडान लिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको वार्ता निश्कर्षविहीन भएको छ । केएमसीले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी र कलेजका प्रतिनिधिबीच छलफल भएको थियो ।

तर छलफलका क्रममा कलेजका प्रिन्सिपल रवीन्द्रनाथ शर्माले आफूहरुले बढी शुल्क नलिएको जिकिर गर्दै शुल्क घटना अस्वीकार गरेका थिए । चिकित्सा शिक्षा आयोगले तोकेको शिक्षण शुल्क भन्दा बढी शुल्क माग गरेको भन्दै केएमसीमा एमबीबीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।

बिहीबार अनुगमनमा गएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुल्क विवाद वार्तामार्फत समाधान गर्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका थिए । त्यसपछि शुक्रबार प्रमुख जिल्ला अधिकारी शर्मा र कलेजका प्रतिनिधिबीच छलफल भएको हो । छलफलका क्रममा कलेजका प्रतिनिधिले चिकित्सा शिक्षा ऐन को दफा (२) (थ) अनुसार नै शुल्क लिएको दावी गरेका थिए । उनीहरुले आफूहरुले लिएको होस्टल लगायतका शुल्क शिक्षण शुल्कमा नपर्ने दावी गरेका थिए ।

कलेजका प्रतिनिधिले शुल्कको विषयमा उत्पन्न विवाद शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगसँग छलफलबाट मात्र समाधान हुने बताएका प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । छलफलमा प्रमुख जिल्ला अधिकारी शर्माले तत्काल समस्या समाधान गरी सहज रुपले कक्षा सञ्चालन गर्न निर्देशन दिएकी छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved