Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सुचारु हुन्छ : पर्यटनमन्त्री प्रेम आले

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २४, २०७८ मा प्रकाशित

भैरहवा । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । होटल व्यवसायी महासंघ,नेपालको ९औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् ।

मन्त्री आलेले विमानस्थल दुई महिनाभित्र सञ्चालनमा ल्याइने योजना रहेको जानकारी समेत दिए ।विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को तयारी भैरहेको बताउँदै मन्त्री आलेले विमानस्थलमा लाइटिङ, एयर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाइको काम सकिएको बताए ।

विमान अवतरण गर्ने क्रममा केही भाग छुने सम्भावना देखिएकोले त्यसको प्राविधिक समाधानका लागि भारत सरकारसँग पनि कुरा भैरहेको उनले बताए । उनले भने, ‘मैले भारतका पर्यटनमन्त्रीसँग कुरा गरेको छु, उहाँ सकारात्मक हुनुहुन्छ, यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराएको छु ।’ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने बताए ।

मन्त्री आलेले लुम्बिनी गुरुयोजनाको ८१ प्रतिशत काम सम्पन्न भइसकेको समेत बताए । अर्को एक प्रसंगमा उनले नारायणहिटी संग्रहालय, पशुपति क्षेत्र विकास कोष लगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार अघि बढेको बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, नेकपा (एकीकृत समाजवादी) का प्रदेश सचिव राजु गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved