Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आयोजले गर्यो निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी गर्ने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २५, २०७८ मा प्रकाशित

काठमाडौ । निर्वाचनसम्बन्धी ऐन र दर्जनौँ आचारसंहिता, निर्देशिका तथा कार्यविधि मर्ज गरेर एकीकृत कानुन जारी गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । हाल निर्वाचनसम्बन्धी ऐनको संख्या मात्र दशवटा छ । यसबाहेक आठ नियमावली, ६ आचारसंहिता, ३२ निर्देशिका, चार कार्यविधि र पाँचवटा नीति क्रियाशील छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी हाल रहेका कानुनलाई एकीकृत गर्न लागिएको बताए । ‘अहिले निर्वाचनसम्बन्धी १० कानुन (ऐन) छन्, यति धेरै कानुन आवश्यक छैन,’ उनले भने, ‘एकीकृत गर्न खोजिएको हो ।’ आयोगको प्रस्तावमा यही १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि सैद्धान्तिक सहमति दिइसकेको छ ।

मन्त्रिपरिषद्ले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारको सैद्धान्तिक सहमतिपछि आयोगले विधेयकको मस्यौदाको काम अघि बढाएको प्रवक्ता पौडेलले बताए । ‘विधेयकका लागि अध्ययन र आवश्यक गृहकार्य भइरहेको छ,’ उनले भने ।

हाल निर्वाचनसम्बन्धी निर्वाचन आयोग ऐन, २०७३, मतदाता नामावली ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ कानुन छन् ।

यी फरक–फरक कानुनलाई एकीकृत रूपमा तीनवटामा सीमित गर्न सकिन्छ भन्ने आयोगको बुझाइ छ,’ प्रवक्ता पौडेलले भने । समयानुकूल आवश्यकताअनुसार यी कानुन परिमार्जन र नयाँ व्यवस्थासहित एकीकृत गर्न खोजिएको उनले बताए । ऐनअनुसार नियमावली र अन्य व्यवस्था पनि हेरफेर गरिने आयोग बताउँछ । नयाँ पत्रिका दैनिकबाट

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved