Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

२० हजार प्रहरीको बढुवा गर्ने मन्त्रीपरिषदको प्रस्ताव, प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार थपिने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २५, २०७८ मा प्रकाशित

काठमाडौं । प्रहरीमा एकैपटक २० हजार प्रहरीको बढुवा हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेसँगै प्रहरीको एकैपटक यति ठूलो संख्यामा बढुवा हुन लागेको हो ।

मन्त्रिपरिषद्ले पारित गरेको नियमावलीमा प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान राखिएको छ । सरकारको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले पछिल्लो निर्णयबाट तल्लो तहका प्रहरीमा सकारात्मक सन्देश गएको बताए । १०÷१२ वर्षसम्म पनि एकै तहमा रहनुपर्ने, बढुवा नहुँदा जागिर छाड्ने, निराशा बढ्दै गएको भन्दै प्रहरी प्रधान कार्यालयले तह बढुवाको प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीमा तल्लो दर्जाको मनोबल वृद्धिका लागि के गर्न सकिन्छ भन्ने बारे समिति नै गठन गरेर अध्यय समेत गरिएको थियो ।

लामो समयसम्म बढुवा नहुँदा प्रहरीमा दैनिक ६ जनाले जागिर छाड्ने गरेका छन् । प्रवक्ता कुवँरले भने, “सरकारको पछिल्लो निर्णयबाट खासगरी तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च हुने अपेक्षा छ । संगठनमा नयाँ गति पैदा हुनेछ । उनीहरुको सेवा–सुविधामा समेत बढोत्तरी हुनेछ । काममा नयाँ ऊर्जा थपिन्छ ।” प्रहरीको नियमावली संशोधन प्रस्ताव लागु भएसँगै कायम दरबन्दीबाट ३३ प्रतिशत प्रहरी कर्मचारी सहायक हवल्दार हुनेछन् ।

४६ हजार जवान मध्ये १५ हजार बढी जवान सहायक हवल्दार हुनेछन् भने तीन हजार ७०० हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार बढी सई वरिष्ठ सईमा बढुवा हुनेछन् । बढुवा प्रक्रियामा ज्येष्ठता क्रमलाई हेरिनेछ । प्रहरीमा हाल ७६ हजारको दरबन्दी कायम छ । दरबन्दी अनुसारको पूर्ण जनशक्ति भने छैन ।

ताजा समाचारहरु

FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved