Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिउ बितरणमा होडबाजी छाडा चौपाया ब्यवस्थापनमा बहानाबाजी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २६, २०७८ मा प्रकाशित

अजय सहानी
कपिलवस्तु । देशमा हाल किसान मुद्दा तातिरहेको छ । सधैं जस्तो पुन मल अभाव भैरहेको अवस्था छ । सस्तो लोकप्रियताको लागी मल राजनीति सहित किसान कार्ड खेल्न शुरु भैसकेको छ । स्थानीय चुनाव आउनै लाग्दा किसानका शुभचिन्तकको संख्यामा वृद्धि भएको छ ।

तर अचम्मको बिडम्बना किसानको मल मुद्दा तातिएपनि मल अभाव कायमै छ । यस्तै किसानको आर्को ठुलो समस्या छाडा चौपाया भने मुद्दा समेत बन्न सकेको छैन । मलको नाउँमा सडक देखी सदन सम्म किसानको शुभचिन्तक बन्ने होडबाजी चल्दै छ । तर अझै सम्म छाडा चौपाया ब्यवस्थापन जस्तो गम्भीर मुद्दा भने ओझेलमा परेको छ ।

कपिलवस्तुका सबै पालिकाका किसान छाडा चौपायाले गर्दा दुखी भएका छन् । बिशेष गरि भारतिय सिमा संग जोडीएका कृष्णनगर, बिजयनगर, महराजगन्ज, कपिलवस्तु, यशोधरा, मायादेवी र शुद्धोधन लगायतका पालिकाका किसान बढी पीडित भएका छन् । पालिका र वडाका जनप्रतिनिधि तरकारी, च्याउ, घास लगायत बिउ बितरण गर्न होडबाजी नै गरिरहेको अवस्थामा छाडा चौपाया ब्यवस्थापन गर्ने कुरामा भने स्थानीय सरकारका जनप्रतिनिधिहरु मौन देखिन्छन् ।

बिउबिजन बितरणमा जनप्रतिनिधिलाइ सिधा आर्थिक लाभ हुने हुँदा अधिकान्स जनप्रतिनिधि बिउबिजन बितरण गरि सस्तो लोकप्रियता संगै पैसा समेत कमाउने मौका पाउने गरेको अधिकान्स किसानको बुझाइ रहेको छ । बिउबिजन सप्लाइ गर्ने एग्रोभेटबाट जनप्रतिनिधिहरुले राम्रो कमिसन पाउने हुँदा बिउबिजन बितरणमा जनप्रतिनिधिहरुले रुचि देखाउने गरेको तर छाडा चौपाया ब्यवस्थापनमा ब्यक्तिगत लाभ नहुने सोचका कारण यस तर्फ कसैले इच्छा नदेखाएको नाम नबताउने शर्तमा एक किसानले बताएका छन् ।

अधिकान्स पालिकामा प्रतेक बर्ष छाडा चौपाया ब्यवस्थापन गर्न भनि कान्जि हाउस शिर्षकमा बजेट छुट्टयाइएको हुन्छ । तर हालसम्म किसानको अन्नबालि जोगाउन स्थानीय सरकारका जनप्रतिनिधि , संघीय र प्रदेश सभा सदस्य लगायत कसैले कुनै किसिमको पहल अथवा काम गरेको देखिएनन् ।

यस्तै जिल्ला सदरमुकाम तौलिहवाका चोक चोकमा छाडा चौपायाका कारण जोखिम बढेको छ । नगर वरिपरिका किसान अन्नबालि जोगाउन सास्ती बेहोर्न बाध्य छन् । मुख्य सडकहरुमा हिडडुल गर्न जोखिम बढिरहेको छ । तर हालसम्म पनि छाडा चौपाया ब्यवस्थापनमा कुनै निकायको कुनै भुमिका देखिएको छैन । कान्जि हाउस शिर्षकमा बजेट छुट्टयाइन्छ तर सदुपयोग भने हुँदैन। किसान मल भन्दा भएको अन्नबालिलाइ छाडा चौपायाबाट सुरक्षित कसरी राख्ने विषयले चिन्तित छन् । तर कुनै किसानको शुभचिन्तक नेताकार्यकर्ता , पार्टी वा जनप्रतिनिधिको यस तर्फ ध्यानाकर्षण हुन नसक्नु दु:खद छ ।

यसै विषयमा कपिलवस्तु नगरपालिकाका प्रशासकीय अधिकृत शेषकान्त पौडेल संग फोन सम्बाद गर्दा छाडा चौपाया पुरै जिल्लाको लागि गम्भीर समस्य भएको बताउनु भएको छ । पछिल्लो बर्ष प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पुर्ण पालिका प्रमुख सहितको बैठक बसि बुद्धभुमि नगरपालिकाको बन क्षेत्रमा गौशाला निर्माण गरि छाडा चौपाया ब्यवस्थापन गर्ने भनि प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको तर कोरोना महामारी लगायत बिबिध कारण बस सो प्रक्रिया सम्पन्न हुन नसकेको अधिकृत पौडेलले जानकारी दिनु भयो । छाडा चौपाया एक गम्भीर र ठुलो समस्याको रुपमा रहेको हुँदा एक्लै एउटा पालिकाले यसको ब्यवस्थापन गर्न नसक्ने हुँदा हालसम्म कान्जि हाउस शिर्षकमा बजेट भएर पनि केहि काम हुन नसकेको समेत पौडेलले बताउनु भएको छ ।

गाइ भन्दा भैसिको दुध धेरै हुने हुँदा अधिकान्स किसानले समेत गाइ पाल्न छोडी लखेटनाले र ट्याक्टर आएसंगै हलोले खेत जोत्ने चलन हराउदा गोरुको खासै उपयोग नहुने बताउदै गोरु छाडा छोडनाले छाडा चौपायाको समस्या आएको अधिकान्स किसानले नै बताउँछन् । तर अधिकान्स छाडा चौपाया भने भारतको उत्तर प्रदेशका गाउँबाट लखेटिए पछि खुल्ला सिमानाका कारण नेपाल पसि छाडा चौपायाको चापमा वृद्धि गर्ने गरेका छन् ।

ताजा समाचारहरु

FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved