मनकाे कवि धनकाे हाेईन
महेश यादव
म कवि हाेईन, तर कबिता लेख्ने गर्छु ।
म कुनै देउता हाेईन, तर सबैकाे मनकाे कुरा बुझ्ने गर्छु ।।
दुनियाँमा धेरै कबिहरु छन, तर मनकाे हाेईन धनकाे कवि छन ।
म थाेरै बेग्लै छु, हजुर मलाई धन हाेईन मानिसकाे मनकाे कवि बन्नु छ ।।
दुनियाँमा धेरै कबिहरु छन तर म उनिहरु जस्तो छैन ।
मान्छे फरक भए पनि, बाँस गर्ने दुनियाँ एउटै रहेनछ ।।
म कवि नभए पनि मान्छेको बेदनालाई कबितामा समेट्ने गर्छु ।
म कवि हाेईन, तर कबिता लेख्ने गर्छु ।।
दुनियाँ पनि अजिबकाे रैछ, सत्य बाेलेकाे कसैले बिश्वास गर्दैन, झुठो बाेलेकाे कसैलाई मन पर्दैन ।
सायद रमझमले गर्दा हाेला हजुर त्यसैले मैले संसार के हाे भन्ने बुझ्न सकिन ।।
घैलोमा पानी राखे नराखे पनि घैलोकाे आबश्यक्ता परि रहन्छ ।
मैले संसार नबुझे पनि हातले कलम चलाउनै पर्छ ।
म कवि हाेईन हजुर तर कबिता लेख्ने पर्छ ।।
सफलताको शिखरमा पुग्न जति कठिन भएपनि गन्तव्यमा हिडिरहेछु ।
म कवि हाेईन हजुर तर कबिता लेख्ने गर्छु ।























